गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिग्गज पार्श्व गायक एवं अभिनेता जुबिन गर्गको आकस्मिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भने, यो असाधारण, अविश्वसनीय, अप्रत्याशित घटना हो। हाम्रो हृदय जुबिम गर्ग अब रहेनन् भन्ने खबर दिन असमर्थ छ. कसरी संवेदना व्यक्त गरूँ? हृदय काँपिरहेको छ, जुबिनको समयको पल एउटा-एउटा गरी आँखा अगाड़ि आइरहेको छ।
उनले अझ भने, हरेक पिँढ़ीलाई संगीतको जादूले मोहित पार्ने जुबिन आफ्ना मानिसहरूप्रति अद्भुत प्रेम र अविश्वसनी थियो। सीमालाई नाघेर आफ्नो छविसितै प्रकट गर्ने जुबिन गर्गको जादुई आवाज यसरी हराउनु कुनै विश्वसनीय कुरा हुन सक्छ र? हजारौं रत्नहरूमा तिमी हामीमाझ जीवित रहनेछौं जुबिन्। जहाँ पनि बस, कुशलताले बस जुबिन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा