चुनाउ आयोगले 474 गैरमान्यता प्राप्त राजनीतिक दलहरूको पञ्जीकरण समाप्त गऱ्यो
आयोग


नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। चुनाउ आयोगले गैर-मान्यता प्राप्त राजनीतिक दलहरूमाथि कारबाही गर्दै 474 को पंजीकरण समाप्त गरेको छ। यसको साथै गत दुई महिनामा आयोगले यस्ता 808 दलहरूमाथि कारबाही गरिसकेको छ। आयोगले 09 अगस्तमा 334 दलहरूको मान्यता समाप्त गरेको थियो।

राजनीतिक दल जनप्रतिनिधित्व कानून अन्तर्गत पंजीकृत हुन्छन्। यसबाट पार्टी र त्यससित जोड़िएका मानिसहरूलाई केही विशेषाधिकार र लाभ प्राप्त हुन्छ। यद्यपि, लगातार छह वर्षसम्म चुनाउ नलड्ने स्थितिमा यी पार्टीहरूको पंजीकरण समाप्त गरिन्छ। चुनाउ आयोगले यस्ता दलहरूको पहिचान गऱ्यो र उनीहरू विरूद्ध कारबाही गऱ्यो। आयोगले अन्य 359 राजनीतिक दलहरूको पनि पहिचान गरेको छ।

यिनीहरूले चुनाउ लड़ेका छन् तर गत तीन वर्षको अडिट रिपोर्ट दर्ता गरेका छौनन्। साथै यिनीहरूले चुनावी खर्चा रिपोर्ट पनि दर्ता गरेका छैनन्। आयोगले 28 राज्यमा फैलेका यी दलहरूलाई सीईओको माध्यमले नोटिस पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande