उत्तराखण्ड- पैह्रोमा पुरिएको 18 घण्टापछि जिउँदो भेटियो युवक, अहिलेसम्म सात शव भेटियो, अहिलेपनि दुई बेपत्ता
उत्तराखण्ड- पैह्रोमा पुरिएको 18 घण्टापछि जिउँदो भेटियो युवक, अहिलेसम्म सात शव भेटियो, अहिलेपनि दुई बेपत्ता


गोपेश्वर, 19 सेप्टेम्बर (हि.स.)। उत्तराखण्डको चमोली जिल्लाको नन्दानगर क्षेत्रमा दैवीय आपदापछि राहत र बचाउ कार्यको दोस्रो दिन एक चमत्कारिक घटना अघि आयो। पैह्रोमा पुरिएको एक व्यक्ति लगभग 18 घण्टापछि जीवित भेटियो, तर उसकी पत्नी र उसका दुई छोराको शव भेटिएको छ। यहाँ बेपत्ता 10 जनामा अहिलेसम्म 7 जनाको शव भेटिएको छ। अहिले बेपत्ता दुई जनालाई खोज्न अभियान जारी छ।

नन्दानगरको कुन्तरी लगा फाली, सैंती र धुर्मामा बिहिवार भोर बिहान 3 बजी बादल फाट्दा पैह्रोमा पुरिएर 10 जना बेपत्ता भएका थिए। एसडीआरएफ, एनडीआरएफ, डीडीआरएफ तथा स्थानीय मानिसहरूले कड़ा मेहिनत गरी सात जनाको शव बाहिर निकालेका छन्। यही पैह्रोबाट एक व्यक्ति जीवित भेटिएको छ। व्यक्तिको पहिचान कुंवर सिंहको रूपमा भएको छ। फेला परेको सात शवमा कुंवर सिंहकी पत्नी कान्ता देवी र दुई छोरा विकास र विशाल सामेल छन्। अन्य बेपत्ता चार जनाको आज शव भेटिएको छ, त्यसमा नरेन्द्र सिंह, जगदम्बा प्रसाद र उनकी पत्नी भागा देवी, देवेश्वरी देवी सामेल छन्। सरपाणीका कुंवर सिंहलाई पैह्रोबाट जीवित निकालिएपछि उपचारको निम्ति हायर सेन्टर पठाइएको छ। जानकारी अनुसार, धुर्माका गुमान सिंह र ममता देवी अहिलेपनि बेपत्ता छन्। जसको खोजबीन जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande