यासीन मलिकको दाबीमा भाजपाको हमला, अमित मालवीयले यूपीए सरकारको नीतिहरूमाथि प्रश्न तेर्साए
यासीन


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीर लिबरेशन फ्रन्ट (जेकेएलएफ) को आतङ्की यासीन मलिकको तर्फबाट दिल्ली उच्च न्यायालयमा हालमा दिइएको हलफनामाहरूमा गरिएको दाबीपछि भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेस नेतृत्व तत्कालीन संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारको नीतिहरूलाई लिएर प्रश्न तेर्साएको छ।

यासीन मलिकको दाबीमा भाजपाले कांग्रेस नेतृत्व तत्कालीन संयुक्त प्रगतिशील गठबन्धन सरकारमाथि चर्को हमला गरेको छ। पार्टीका आईटी सेल प्रमुख र पश्चिम बंगालका सह प्रभारी अमित मालवीयले ट्वीट गरी भनेका छन्, य़ासीन मलिक एक कुख्यात आतङ्की हो, जसले भारतीय वायुसेनाका जवानहरूलाई गोली दागेर हत्या गऱ्यो। यो सीधा राष्ट्र विरूद्ध युद्ध शुरू गर्नु जस्तो अपराध हो र यस्तो आतङ्कीलाई कुनैपनि मूल्यमा क्षमा गर्न मिल्दैन।

मालवीयले आफ्नो ट्वीटमा प्रश्न तेर्साउँदै भने, यदि यासीन मलिकको यो दाबी सही हो भने यसले यूपीए सरकारको राष्ट्रिय सुरक्षा र बैक-च्यानल डिप्लोमेसीलाई लिएर गम्भीर प्रश्न खड़ा गर्दछ। कांग्रेसले यो स्पष्ट पार्नुपर्छ कि आखिर कुन आधारमा एक कुख्यात आतङ्कीसित यस प्रकारको बातचित गराइयो र फेरि प्रधानमन्त्री स्तरमा उसको आभार व्यक्त गरियो।

कांग्रेस नेतृत्व यूपीए सरकारको आतङ्कवादप्रति नीति र पाकिस्तानको सामना गर्ने रणनीतिलाई घेर्दै मालवीयले भने, कांग्रेस राजमा आतङ्कीहरूलाई प्रधानमन्त्री लेवलमा आभार व्यक्त गरिँदै आएको छ।

उल्लेख्य, जम्मू-कश्मीर लिबरेशन फ्रन्ट (जेकेएलएफ) को आतङ्की यासीन मलिक, जसले आतङ्की फण्डिङ मामिलामा जन्मकैदको सजाय काँटिरहेको छ, उसले हालमा दिल्ली उच्च न्यायालयमा दर्ता हलफनामामा दाबी गरेको छ कि वर्ष 2006 मा पाकिस्तानमा लश्कर-ए-तैयबाको संस्थापक र 26/11 हमलाको मास्टरमाइन्ड हाफिज सईदसित उसको भेट तत्कालीन भारतीय गोप्य एजेन्सीहरूको भनाईमा भएको थियो र पछि तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहसले उसलाई धन्यवाद पनि दिएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande