गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका प्रसिद्ध गायक जुबीन गर्ग (52) को सिङ्गापुरमा स्कूबा डाइविङ दुर्घटनामा निधन भएको छ। जुबीनलाई समुद्रबाट निकालेर पुलिसले छेवैको अस्पतालमा भर्ती गराए, तर डाक्टरहरूले उनलाई बचाउन सकेनन्।
प्रसिद्ध असमिया गायक, अभिनेता एवं सङ्गीत जगतका दिग्गज ज़ुबीन गर्ग, जसलाई फिल्म ग्याङ्गस्टरको हिट गीत 'या अली' को लागि राष्ट्रिय स्तरमा चिनिन्छ, को सिङ्गापुरमा स्कूबा डाइविङको क्रममा निधन भयो। जानकारी अनुसार, सिङ्गापुर पुलिसले उनलाई समुद्राबाट बचाए र छेवैको एक अस्पतालमा भर्ती गराए। गहन चिकित्सा हेरचाहको बावजुद, डाक्टरहरूले उनलाई बचाउन सकेनन्।
जुबीन नर्थ इस्ट फेस्टिवलमा सामेल हुनका लागि सिङ्गापुर गएका थिए, जहॉं आज उनले परफर्म गर्नु पर्ने थियो। उनको आकस्मिक निधनले प्रशंसक र सारा असमिया समुदाय स्तब्ध छ। असम, पूर्वोत्तर र अन्य स्थानहरूबाट श्रद्धाञ्जली र समवेदनाहरू आइरहेका छन्। यस क्षेत्रका सबैभन्दा लोकप्रिय कलाकारहरू मध्ये एकको निधनले राज्यमा शोकको लहर ठाएको छ।
उल्लेखनीय छ, जुबीन गर्गको जन्म, 18 नोभेम्बर, 1972 मा असमको जोरहाटमा भएको थियो। उनको सानै उमेरदेखि सङ्गीतमा रुची थियो। असमिया र बंगाली सङ्गीत जगतमा उनलाई एक सुपरस्टार सिङ्गर र म्यूजिक कम्पोजर मानिन्छ। उनले 30 भन्दा धेरै भाषाहरूमा गीत गाएका छन्।
बलीवुडमा जुबीन गर्गले आफ्नो विशेष स्थान बनाएका छन्। 2006 सालमा फिल्म 'ग्याङ्गस्टर' को गीत 'या अली' उनको करियरको टर्निङ पोइन्ट साबित भयो। यस अतिरिक्त, उनले 'दिल तू ही बता' (कृष 3), 'जाने क्या चाहे मन बावरा' (प्यार के साइड इफेक्ट्स) र अन्य धेरै हिट गीतहरू गाएका छन्।
सङ्गीत बाहेक जुबीन समाजसेवामा पनि सक्रिय थिए। उनले असमको सांस्कृतिक धरोहरलाई अगाडि बढाउन र युवाहरूलाई आफ्नो क्षेत्रीय सङ्गीतसॅंग जोड्न लगातार काम गरिरहे।
हिन्दुस्थान समाचार / बिशाल