खरसाङ, 02 सेप्टेम्बर (हि.स.)। आफ्नो खेलकूद तालिका अनुरुप विभिन्न खेलकूद प्रतिस्पर्धाको आयोजना गर्दै आएको खरसाङ महकुमा खेलकूद संघले आगमी १६ सेप्टेम्बरदेखि दुई स्तरीय बोइज अण्डर 14 लीग कम नक-आउट फुटबल प्रतियोगिता अनि गर्ल्स ओपन नक-आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यी दुवै प्रतियोगिता सेभेन साइड रहनेछ भने सबै खेलहरु डब्ल्युबीएनभीएफ मैदानमा हुनेछ।
यस प्रतियोगिताको फाइनल खेल भने आगामी 28 सेप्टेम्बरको दिन हुनेछ। यी प्रतियोगिताहरूको आयोजनलाई लिएर आज खरसाङ महकुमा खेलकूद संघको सभा संघको कार्यालयमा सम्पन्न भयो। सभामा यी प्रतियोगिताको तयारीलाई लिए विस्तृत चर्चा गरियो।
खरसाङ महकुमा खेलकूद संघले यी प्रतियोगिताहरू विगत १० वर्षदेखि लगातार रुपमा आयोजना गर्दै आइरहेको जानकारी खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक