टी20 अन्तरराष्ट्रियमा 100 विकेट लिने प्रथम भारतीय गेन्दबाज बने अर्शदीप सिंह
सिंह


दुबई, 20 सेप्टेम्बर (हि.स.)। एशिया कप 2025 मा शुक्रवार ओमान विरूद्ध म्याचमा अर्शदीप सिंहले ठूलो कीर्तिमान आफ्नो नाम गरे। देब्रे हातका तीव्र गेन्दबाज अर्शदीप भारतका यस्ता प्रथम गेन्दबाज बनेका छन्, जसले टी20 अन्तरराष्ट्रिय क्रिकेटमा 100 विकेट पूरा गरे।

यो उपलब्धी उनले म्याचको 20औं ओवरमा विनायक शुक्लालाई पवेलियन पठाएर हासिल गरे। उनले 2022 मा इङ्गल्याण्ड विरूद्ध साउथैम्पटनमा भारतको निम्ति टी20 अन्तरराष्ट्रिय पदार्पण गरेका थिए र आफ्नो पहिलो म्याचमै 2/18 को आंकड़ा दर्ता गरेका थिए।

यस म्याचअघि अर्शदीपले भारतको निम्ति 63 टी20 अन्तरराष्ट्रिय म्याचमा 99 विकेट लिएका थिए। उनको सर्वश्रेष्ठ प्रदर्शन अमेरिका विरूद्ध 4/9 रहेको छ। यही वर्ष जनवरीमा इङ्गल्याण्ड विरूद्ध टी20 श्रृंखलामा उनले बेन डकेट र फिल सल्टलाई आउट गरी भारतको सर्वाधिक विकेट लिने गेन्दबाज़ बन्ने रेकर्ड आफ्नो नाम गरेका थिए।

ज्ञात होस्, अर्शदीपले एशिया कपमा शुक्रवार म्याच अगाड़ी कहिले पनि भारतको प्रतिनिधित्व गरेका थिएनन्। टीम इण्डियाले अहिलेसम्म जसप्रीत बुमराहलाई नै एकमात्र प्रमुख तीव्र गेन्दबाजको रूपमा खेलाएको थियो।

भारतको निम्ति सर्वाधिक टी20 अन्तरराष्ट्रिय विकेट लिने गेन्दबाज

अर्शदीप सिंह– 100 विकेट (64 म्याच)*

युजवेन्द्र चहल – 96 विकेट (80 म्याच)

हार्दिक पाण्ड्या – 95 विकेट (116 म्याच)

जसप्रीत बुमराह – 92 विकेट (72 म्याच)

भुवनेश्वर कुमार – 90 विकेट (87 म्याच)

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande