भाजपा-आरएसएस समन्वय बैठकमा सगंठनको मजबूती र चुनावी रणनीतिमाथि जोड
शमिक


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को संयुक्त समन्वय बैठकको समापन एक दिन अगाड़ी मात्र भएको हो। बैठकमा सामेल अधिकारीहरूले बताएका छन्, आगामी 2026 मा राज्यको विधानसभा चुनाउहरूलाई मध्यनजर गरेर संगठन सुदृढ़ीकरण र अभियानको रूपरेखा तय गर्नमाथि विशेष जोड दिइयो।

बुधवार रातिदेखि शुरू भएको दुई दिवसीय बैठकमा भाजपाका केन्द्रिय र राज्य नेतृत्वको साथ आरएसएसका वरिष्ठ पदाधिकारी सामेल भए। भाजपा महासचिव (संगठन) बीएल सन्तोषले पार्टीका प्रदेश अध्यक्ष शमिक भट्टाचार्य र नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको साथ विचार-विमर्शको नेतृत्व गरे।

बैठकमा भाजपा संगठनलाई बलियो बनाउने, जनसम्पर्क बढ़ाउन र 2021 को चुनाउहरूपछि अघि आएका चुनौतीहरूको सामना गर्ने रणनीतिमाथि चर्चा भयो। यसमा सामेल रहेका संघका एक वरिष्ठ पदाधिकारीले बताए, आरएसएसको शताब्दी समारोह (02 अक्टोबर विजयदशमी) र राजनीतिक रूपले संवेदनशील विषयहरू जस्तै सीएए र एसआईआरमाथि पनि विचार विमर्श गरियो।

बैठकपछि एक वरिष्ठ नेताले भने, मुख्य फोकस भाजपा र आरएसएसबीच राम्रो तालमेलमाथि थियो ताकि 2026 को युद्ध अगाड़ी संगठनात्मक एकजुटता सुनिश्चित हुनसकोस्। पार्टीले केहीपनि संयोगमाथि छोड्न चाहँदैन।

यद्यपि, यस बैठकलाई लिएर यी अड़कलहरू थिए कि भाजपाको नयाँ राज्य समिति गठनमाथि चर्चा हुनेछ तर पार्टी नेताहरूले स्पष्ट पारे कि यो एजेन्डामा सामेल थिएन। यसका सट्टा केन्द्रिय नेतृत्वले राज्य नेताहरूलाई आन्तरिक मतभेद हटाएर भट्टाचार्यको नेतृत्वमा एक कार्यशील टीम तयार पार्ने निर्देश दिए।

पार्टी सूत्रहरू अनुसार, संगठनात्मक जिम्मेवारीहरूका लागि रितेश तिवारी, राजू ब्यानर्जी, संजय सिंह, प्रबल राहा, लोकेट च्याटर्जी र ज्योतिर्मय सिंह महतो जस्ता नेताहरूको नामहरूमाथि विचार भइरहेको छ। महिला मोर्चाको कमानको निम्ति शशि अग्निहोत्री र रूपा गांगुलीको नाम चर्चामा छ जबकि युवा मोर्चाको नेतृत्व तरुणज्योति तिवारी वा सुरंजन सरकारलाई सुम्पिने सम्भावना व्यक्त गरिएको छ। बैठकको निष्कर्ष यही रह्यो कि भाजपा-आरएसएस समन्वयलाई मजबूत गरी संगठनात्मक चुनौतीहरूलाई हटाउन सकियोस् र चुनावी अभियानलाई अझ् धार दिइयोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande