दिल्लीका 4 स्कूलहरूलाई बमले उड़ाउने धम्की, पुलिसले चलायो खोजी अभियान
दिल्लीका 4 स्कूलहरूलाई बमले उड़ाउने धम्की, पुलिसले चलायो खोजी अभियान


नयॉं दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। राजधानी दिल्लीमा शनिवार बिहान फेरि चार स्कूलहरूलाई बमले उड़ाउने धम्की आएको छ। यस कारण स्कूलहरूमा हलचल मचिएको छ भने विद्यार्थीहरूका साथै अभिभावकहरू पनि आतङ्कीत छन्।

बिहान स्कूल प्रशासनले धम्कीपूर्ण ईमेल पाएपछि यसको सूचना पुलिसलाई दिए। पुलिस टीम बल निरोधक दल लिएर स्कूलहरू पुगे र स्कूलहरू खाली गराएर सर्च अपरेशन चलाए।

पुलिसका एक वरिष्ठ अधिकारी अनुसार, शनिवार बिहान डीपीएस द्वारका, कृष्णा मडल पब्लिक स्कूल, सर्वोदय विद्यालयका साथै अन्य दुई स्कूलहरूलाई धम्कीपूर्ण ईमेल प्राप्त भयो। सूचना पाउनसाथ दिल्ली पुलिस टीम, दमकलको टीम, बम र डग स्क्वाडको टीम स्कूल पुगे।

पुलिस अधिकारी अनुसार, दिल्लीका स्कूलहरूलाई बमले उड़ाउने धम्की आएको यो पहिलो घटना होइन। यस अघि पनि धेरै पटक विभिन्न स्कूलहरूलाई यस्तै धम्की आइसकेको छ। हाल दिल्ली पुलिसको साइबर सेलले जॉंच शुरू गरेको छ। पुलिसले मेल पठाउनेको आईपी एड्रेस पत्ता लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande