नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। लोकसभामा कांग्रेसका उप नेता गौरव गोगोईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एच-1बी भीसाको फीस बढ़ाएर एक लाख डलर (लगभग 90 लाख रूपियाँ) गर्ने प्रस्तावको कड़ा निन्दा गरेका छन्। उनले यस कदमलाई भारतको प्रतिभाशाली पेशावरहरूका लागि हानिकारक बताएका छन्।
गोगोईले एक्स पोस्टमा भनेका छन्, अमेरिकी सरकारको यो निर्णय भारतको सर्वश्रेष्ठ र प्रतिभाशाली मानिसहरूको भविष्यमाथि कुठाराघात हो। जब अमेरिकामा एक भारतीय महिला आईएफएस राजनयिकको अपमान भएको थियो, तब तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले दृढ़ताको साथ भारतको पक्ष राखेका थिए। यसको विपरीत प्रधानमन्त्री नरेन्द्र मोदी मौन रहँदा गोगोईले यसको आलोचना गरे। यो रबैया भारत र यसका नागरिकहरूको राष्ट्रिय हितहरूका लागि बोझ बनेको छ, उनले भऩे।
वर्तमानमा एच-1बी भीसाको रजिस्ट्रेशन फीस 215 डलर (लगभग 19,000 रूपियाँ) छ जबकि फारम 129 को निम्ति 780 डलर (लगभग 68,000 रुपियाँ) लिइन्छ। हालमा अमेरिकी सांसद जिम बैंक्सले अमेरिकी टेक वर्कफोर्स अधिनियम अन्तर्गत एक बिल पेश गरे, जसमा भीसा फीसलाई 60,000 देखि 1.5 लाख डलरसम्म बढ़ाउने माग गरिएको थियो। यो प्रस्ताव भारतीय पेशावरहरूका लागि चिन्ताको विषय बनेको छ किनभने एच-1बी भीसाको सबैभन्दा अधिक लाभ भारतलाई प्राप्त हुन्छ।
आंकड़ाहरू अनुसार, अमेरिकामा 71 प्रतिशत एच-1बी भीसा धारक भारतीय छन्, जबकि 11.7 प्रतिशतको साथ चिली दोस्रो स्थानमा छ। जून 2025 सम्म अमेजनले 12,000 एच-1बी भीसा स्वीकृत गराएको छ भने माइक्रोसफ्ट र मेटाले लगभग 5,000 भीसा हासिल गरेको छ। यो प्रस्तावित फीस वृद्धिले भारतीय तकनीकी पेशावरहरू र अमेरिकी कम्पनीहरूका लागि चुनौतीहरू बढ़ाउनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी