भावनगर, 20 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको शान्ति, स्थिरता र समृद्धिको निम्ति विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतलाई आत्मनिर्भर बन्नैपर्ने बताएका छन्। उनले भने, भारतलाई 2047 सम्म विकसित राष्ट्र बन्ने दिशामा आत्मनिर्भरतालाई सबैभन्दा ठूलो मन्त्र मान्नुपर्नेछ।
प्रधानमन्त्री मोदीले गुजरातको भावनगरमा ‘समुद्रबाट समृद्धि’ कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। उनले यस अवसरमा 34,200 करोड़ रूपियाँभन्दा अधिकको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे। यो आयोजनले केवल भावनगरको नभएर पूरा भारतको दिशा तय गर्नेछ, उनले भने।
उनले भने, 140 करोड़ देशवासीहरूको एउटै संकल्प हुनुपर्छ- चिप (सेमीकन्डक्टर) होस् या शिप (जहाज), हामीले भारतमै बनाउनुपर्नेछ। आत्मनिर्भर हुनु बाहेक भारतसित अन्य कुनै विकल्प छैन। हामी अरूमाथि आश्रित रहे हाम्रो आत्सम्मान पनि घाइते हुनेछ। भावी पीढ़ीहरूको भविष्यलाई दावमा लगाउन मिल्दैन। आज भारत समुद्री क्षेत्रमा पनि नेक्स्ट जेनरेशन सुधारहरूतिर अग्रसर छ। सरकारले ठूला जहाजहरूलाई आधारभूत संरचनाको दर्जा दिएर यस क्षेत्रलाई बल प्रदान गर्ने एतिहासिक कदम उठाएको छ।
प्रधानमन्त्रीले भने, विश्वमा भारतको कुनै ठूलो दुश्मन छैन। साँचो भन्नु हो भने हाम्रो कुनै दुश्मन छ भने त्यो हो अन्य देशहरूमाथि हाम्रो निर्भरता। यही हाम्रो सबैभन्दा ठूलो कमजोरी हो र हामीले मिलेर यसलाई समाप्त गर्नुपर्नेछ। जति अधिक विदेशी निर्भरता, उतिनै अधिक देशको विफलता। आत्मनिर्भर भारत नै सबै समस्याहरूको समाधान हो। सय दुःखको एउटै दवाई छ, त्यो हो आत्मनिर्भर भारत।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा कांग्रेसको नीतिहरूमाथि चर्को प्रहार गरे।
उनले भने, भारतमा सामर्थ्यको कहिले पनि कुनै कमी रहेन तर कांग्रेसले सदैव देशको सामर्थ्यलाई अदेखा गऱ्यो। आजादीको छह-सात दशकपछि पनि भारतले त्यो सफलता हासिल गर्न सकेन, जसको उ अधिकारी थियो। कांग्रेसले लामो समयसम्म देशलाई लाइसेन्स राजमा अल्झाएर राख्यो र वैश्विक बजारहरूदेखि अलग-थलग राख्यो। जब वैश्वीकरणको समय शुरू भयो तब उसले केवल आयातमाथि भरोसा गऱ्यो र त्यसमा पनि हजारौं करोड़ रूपियाँको घोटाला गऱ्यो। यी नीतिहरूले हाम्रा युवाहरूलाई नोकसान पुऱ्यायो।
उनले भने, भारत शताब्दीऔंदेखि विश्वको एक ठूलो समुद्री शक्ति रहेको छ। भारतीय तटीय राज्यहरूमा बनेको जहाज विश्वभरिका व्यापारलाई गति दिन्थे। 50 वर्ष पहिलेसम्म हाम्रो 40 प्रतिशत व्यापार भारतीय जहाजहरूमा हुन्थ्यो, तर कांग्रेसको गलत नीतिहरूले भारतको जहाज निर्माण उद्योगलाई ध्वस्त पाऱ्यो। आज स्थिति यस्तो छ कि केवल 5 प्रतिशत व्यापार नै भारतीय जहाजहरूमा हुन्छ र बाकी 95 प्रतिशतको निम्ति हामीलाई विदेशी जहाजहरूमाथि निर्भर रहनुपर्छ।
उनले बताए, वर्तमानमा भारत विदेशी शिपिंग कम्पनीहरूलाई शिपिंग सेवाहरूको भाड़ाको रूपमा लगभग 75 बिलियन डलर (लगभग 6 लाख करोड़ रूपियाँ) को भुकतान गर्दछ, जुन भारतको रक्षा बजेटको लगभग बराबर छ।
हिन्दुस्थान समाचार / भवानी थामी