कर्नाटकको केलावरपल्ली बाँधको खोलियो पाँच गेट, कृष्णागिरि जिल्ला प्रशासनले जारी गऱ्यो बाढ़ीको चेताउनी
बाढ़ी


कृष्णागिरि, 20 सेप्टेम्बर (हि.स.)। कर्नाटकमा कृष्णागिरि जिल्लाको केलावरपल्ली बाँधमा पानीको प्रवाहमा वृद्धिको कारण शनिवार बाँधको गेट खोलियो, जसपछि कृष्णागिरि र वरपरका तीन जिल्लाहरूमा तटीय निवासीहरूका लागि बाढ़ीको चेताउनी जारी गरिएको छ। गत 48 घण्टादेखि लगातार पानी परिरहेको कारण यो स्थिति उत्पन्न भएको छ।

कर्नाटकको जलग्रहण क्षेत्रहरूमा भारी वर्षाको कारण कृष्णागिरि जिल्लाको होसुर निकट केलावरपल्ली जलाशयमा पानीको प्रवाह बढ़ेको छ। लगातार पानी परेको कारण शुक्रवार बाँधमा पानीको प्रवाह 1003 घन फीट प्रति सेकेन्ड थियो भने आज बिहान पानीको प्रवाहमा 260 घन फीटको वृद्धि भएको छ र पानीको प्रवाह 1290 घन फीट प्रति सेकेन्ड भएको छ। लगातार बढ्दो जल प्रवाहको कारण बाँधको सुरक्षाको मध्यनजर 5 जलद्वारहरू (गेट) लाई खुल्ला गरिएको छ, जसको माध्यमले 1290 घन फीट पानी छोड़िँदैछ।

बाँधबाट लगातार पानी छोड़ेको कारण थेनपेन्नई नदीमा बाढ़ीको पानी तीव्र गतिमा बगिरहेको छ। यसले गर्दा कृष्णागिरिका जिल्ला कलेक्टरले नदी किनार स्थित गाउँहरूमा बाढ़ीको चेताउनी जारी गरेका छन्। राजस्व विभागले पनि लाउडस्पीकरको माध्यमले चेताउन जारी गरेको छ। मानिसहरूलाई जिल्लामा भरिसकेका झील-तलाउहरू, ट्याङ्क र नहरहरूमा ननुहाउने चेताउनी जारी गरेको छ।

यस बाहेक थेनपेन्नई नदीको किनारमा बस्ने मानिसहरूलाई पनि सुरक्षित ठाउँहरूमा जानु भनिएको छ।

वस्तुतः केलावरपल्ली बाँधको कूल क्षमता 44.28 फीट छ, जसमध्ये 41.33 फीट पानी संग्रहित भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande