खरगेले ट्रम्पको एच-1 बी भीसा फीस वृद्धिलाई बताए भारतको निम्ति झटका
खरगे


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एच-1बी भीसामा वार्षिक एक लाख डलर (लगभग 90 लाख रूपियाँ) को फीस लगाउने फसेलामा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले रोष व्यक्त गरेका छन्।

खरगेले एक्स पोस्टमा भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको फोनपछि पाइएको रिटर्न गिफ्ट्सले भारतीय धेरै दुःखी छन्। उनले यसलाई अबकी बार ट्रम्प सरकारको जन्मदिनको भेट ठहर गरे।

खऱगेले भने, एच-1बी भीसामा एक लाख डलरको वार्षिक शुल्कले भारतीय तकनीकी कर्मचारीहरूलाई सबैभऩ्दा अधिक प्रभावित गर्नेछ किनभने 70 प्रतिशतभन्दा अधिक एच-1बी भीसा धारक भारतीय छन्। 50 प्रतिशत टेरिफ अगावै लागिसकेको छ, जसबाट 10 क्षेत्रमा भारतलाई 2.17 लाख करोड़ रूपियाँको नोकसान हुने अनुमान छ। यस बाहेक भारतीय आउटसोर्सिङलाई लक्षित गर्ने एचआईआरई अधिनियम, चाबहार बन्दरगाहबाट छूट हटाउनु, जुन रणनीतिक हितहरूका लागि हानिकराण हो तथा यूरोपीय संघसित भारतीय वस्तुहरूमा सय प्रतिशत टेरिफ लगाउने आह्वान सामेल छ।

उल्लेख्य, ट्रम्प प्रशासनले 19 सेप्टेम्बरमा एक घोषण जारी गरी एच-1बी भीसा आवेदनहरूमा वार्षिक एक लाख डलरको अतिरिक्त फीस लगाउने घोषणा गरेको छ। यो कदम अमेरिकी तकनीकी क्षेत्रलाई प्रभावित गर्नसक्छ, जहाँ भारत सबैभन्दा ठूलो लाभार्थी हो। 2025 को पहिलो छमाहीमा अमेजनलाई 12,000 भन्दा अधिक एच-1बी भीसा स्वीकृत भयो जबकि माइक्रोसफ्ट र मेटालाई 5,000 भन्दा अधिक स्वीकृत भयो। अहिले भीसा रजिस्ट्रेशन फीस 215 डलर र अन्य शुल्क मिलाएर केही हजार डलरसम्म छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande