भावनगर, 20 सेप्टेम्बर (हि.स.)। केन्द्रिय बन्दरगाह, पोत परिवहन एवं जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले समुद्री र अन्तर्देशीय जलमार्ग सम्पर्कमा अभूतपूर्व परिवर्तन देखेको बताएका छन्।
उनले गुजरातको भावनगरमा ‘समुद्रदेखि समृद्धि’ कार्यक्रमलाई सम्बोधित गर्दै भने, कश्मीरको हिउँले ढाकेको पहाड़हरूदेखि लिएर पूर्वोत्तरको हरियो-परियो परिदृश्यसम्म, गुजरातको जीवन्त तटहरूदेखि लिएर अण्डमान-निकोबार र लक्षद्वीपको सुदूर दृश्यहरूसम्म, देशको हरेक कुना जल आधारित परिवहनको माध्यमले एक-अर्कासित जोड़िएको छ। आजको दिन भारतको समुद्री क्षेत्रको निम्ति वास्तवमा एतिहासिक हो। ‘समुद्रदेखि समृद्धि’ कार्यक्रममा यस क्षेत्रका महत्वपूर्ण परियोजनाहरूको लोकार्पण र शिलान्यासका साथै भारतलाई वैश्विक समुद्री महाशक्ति बनाउने संकल्पको साथ हामी खड़ा छौं।
उनले भने, आज पूरा देश ‘एक भारत, श्रेष्ठ भारत’ को भावनाले गुञ्जिरहेको छ र साझा सपना, साझा प्रयासहरू तथा विकासको साझा प्रतिबद्धताको साथ अगाड़ी बढ़िरहेको छ। गत एघार वर्षमा प्रधानमन्त्री मोदीले अनेकौं दूरदर्शी योजनाहरू, साहसिक सुधारोहरू, जनकेन्द्रित कार्यक्रमहरू र परिवर्तनकारी नीतिहरूको माध्यमले भारतको विकास यात्रालाई नयाँ दिशा प्रदान गरेका छन्।
‘समुद्रदेखि समृद्धि’ कार्यक्रममा प्रधानमन्त्रीले 34,200 करोड़ रूपियाँभन्दा अधिकको धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे। यसमा 7,800 करोड़ रूपियाँभन्दा अधिकको प्रमुख समुद्री परियोजनाहरू सामेल छन्। प्रधानमन्त्रीले बन्दरगाह एवं जहाजरानी मन्त्रालयको 66,000 करोड़ रूपियाँ मूल्यको 21 समझौता ज्ञापनहरूको पनि भर्चुअल माध्यमले लोकार्पण गरे। यो कार्यक्रम भारतलाई समुद्री क्षेत्रमा आत्मनिर्भर बनाउने र वैश्विक स्तरमा मजबूत स्थिति हासिल गर्ने दिशामा महत्वपूर्ण कदम हो, जसमा नयाँ क्रूज टर्मिनल, कार्गो सुविधाहरू, एलएनजी इन्फ्रास्ट्रक्चर, नवीकरणीय ऊर्जा परियोजनाहरू, तटीय संरक्षण कार्य, राजमार्ग विस्तार तथा स्वास्थ्य एवं शहरी परिवहन परियोजनाहरू सामेल छन्। गुजरातमै 26,354 करोड़ रुपियाँको परियोजनाहरूको लाभ पाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी