रेल यात्रीहरूले अब एक लीटर ‘रेल नीर’ 14 रूपियाँमा पाउनेछन्
रेल


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। भारतीय रेलवे बोर्डले यात्रीहरूलाई राहत दिँदै बोलतबन्द पेयजल ‘रेल नीर’ र अन्य शर्टलिस्टेड ब्रान्डहरूको अधिकतम खुदरा दर (एमआरपी) घटाउने निर्णय लिएको छ।

रेलवे मन्त्रालयको शनिवार जारी वाणिज्यिक परिपत्र अनुसार, एक लीटरको पानीको बोतलको दर अब 15 देखि घटाएर 14 रूपियाँ र आधा लीटरको बोतलको दर 10 रुपियाँदेखि घटाएर 9 रुपियाँ गरिएको छ। यी संशोधित दरहरूले न केवल ‘रेल नीर’ माथि तर रेलवे स्टेशन परिसर र ट्रेनहरूमा उपलब्ध अन्य शर्टलिस्टेड ब्रान्डहरूको प्याकेज्ड वाटर बोतलहरूमाथि पनि लागू हुनेछ। नयाँ दरहरू 22 सेप्टेम्बरदेखि प्रभावी हुनेछ। रेवले बोर्डले सबै जोनरल रेलवे र आईआरसीटीसीलाई यस सम्बन्धमा आवश्यक कारबाहीको निर्देश जारी गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande