जुबीन गर्गको पार्थिव शरीर छिट्टै सिंगापुरबाट गुवाहाटी पुग्नेछ- बिस्व सरमा
जुबीन


गुवाहाटी, 20 सेप्टेम्बर (हि.स.)। सिंगापुरमा स्कूबा डाइविङको समय ज्यान गुमाउने असमका पार्श्व गायक एवं अभिनेता जुबीन गर्गको पार्थिव शरीर छिट्टै नै गुवाहाटी पुऱ्याइनेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार संवाददाता सम्मेलनमा बताए, भोली (आइतवार) बिहान 6 वा 7 बजीसम्म जुबिन गर्गको पार्थिव शरीर असम आइपुग्ने अनुमान छ। हाम्रा प्रयि जुबीन गर्गको पोस्टमार्टम सिंगापुरमा पूरा भएको छ।

उनले बताए, उनको पार्थिव शरीरलाई भारतीय दूतावासका अधिकारीहरूको उपस्थितिमा उनको साथ गएको टीम शेखर ज्योति गोस्वामी, संदीपन गर्ग र सिद्धार्थ शर्मा (प्रबन्धक) लाई सुम्पिएको छ। सरुसजाई एथलेटिक स्टेडिमयमा उनले भने, पहिले जुबिन गर्गको पार्थिव शरीर जुबिनको घर लगिनेछ। त्यहाँ एक घण्टासम्म राखिनेछ। त्यसपछि उनको पार्थिव शरीर सरुसजाई स्टेडियम ल्याइनेछ। इन्डोर स्टेडियम सामू जुबिनको पार्थिव शरीर राखिनेछ।

मुख्यमन्त्रीले भने, जो व्यक्ति केही समयसम्म सरुसजाईमा रहन चाहन्छन्, उनीहरूका लागि हेलीप्याडमा व्यवस्था गरिनेछ। साथै पूरा महानगरमा श्रद्धाञ्जलि कार्यक्रमको लाइव प्रदर्शन गरिनेछ। आगामी आइतवार राष्ट्रिय राजमार्गमा ट्रकहरू र भारी वाहनहरूको संचालन बन्द गरिनेछ। यी वाहनहरूले बाइहाटा भएर आवाजाही गर्नेछन्। अन्त्येष्टि क्रियाको दिन राज्यमा बन्दको घोषणा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande