एशिया कप: ह्यान्डशेक विवादबीच आज भारत-पाकिस्तान भिडन्त हुने
एशिया कप: ह्यान्डशेक विवादबीच आज भारत-पाकिस्तान भिडन्त हुने


नयॉं दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। एशिया कप 2025 को सुपर-4 स्टेजमा आइतवार भारत र पाकिस्तानबीच भिडन्त हुनेछ। यस अघि दुई दलबीच ग्रुप स्टेजमा खेलिएको खेलमा भारतले 7 विकेटले जितेको थियो। यसपछि, ह्यान्डशेक विवाद चर्चामा रहेको थियो।

भारत-पाकिस्तानबीच सुपर-4 को यो खेल भारतीय समय अनुसार आज राति 8 बजीदेखि दुबई इन्टरनेशनल स्टेडियममा खेलिनेछ। म्याच शुरू हुनुभन्दा आधा घण्टा पहिला दुई दलका क्याप्टनहरू टसको लागि मैदानमा जानेछन्।

भारत: सूर्यकुमार यादव (कप्तान), शुभमन गिल, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रीत बुमराह, अर्शदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव, संजू सैमसन, हर्षित राणा, रिंकू सिंह।

पाकिस्तान: सलमान आगा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रऊफ, हसन अली, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस (विकेटकीपर), मोहम्मद नवाज, साहिबजादा फरहान, सईम अयूब, शाहीन अफरीदी, सुफियान मुकीम, मोहम्मद वसीम जूनियर, हसन नवाज, सलमान मिर्जा।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande