नय़ाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। देशमा वस्तु एवं सेवा कर (जीएसटी) का नयाँ दरहरू आजदेखि लागू भयो। नवरात्रिको पहिलो दिनदेखि लागू यी दरहरूमा मुख्य रूपमा अब 5 प्रतिशत र 18 प्रतिशतका दुई श्रेणी छन्। लग्जरी र विलासितापूर्ण वस्तुहरूमा छुट्टै 40 प्रतिशत कर लाग्नेछ। सिगरेट, तम्बाकू र अन्य सम्बन्धित वस्तुहरूलाई छोड़ेर नयाँ कर दरहरू आजदेखि प्रभावी भएको छ। यसबाट हरेक आयु वर्ग र हरेक समुदायका मानिसहरूले ठूलो राहत पाएका छन्।
भान्सामा प्रयोग गरिने समानदेखि लिएर इलेक्ट्रोनिक्स, दवाईहरू र उपकरणहरू र वाहनहरू समेत लगभग 400 वस्तुहरू सस्तो भएका छन्। रोजमर्राका आवश्यकताहरूको समान (एफएमसीजी) बनाउने प्रमुख कम्पनीहरूले जीएसटी कटौतीको लाभ उपभोक्ताहरूलाई दिन आफ्नो उत्पादहरूको दरहरूमा कटौती गरेका छन्। प्रधानमन्त्री नरेनद्र मोदीले स्वदेशी वस्तुहरूलाई प्रोत्साहन दिने वकालत गरेका छन्। उनले यस अवसरको पूर्व सन्ध्यामा 5 बजी देशको नाम सम्बोधनमा भने, भावी पीढ़ीको जीएसटी सुधार भारतको वृद्धि गाथालाई गति दिनेछ। कारोबारी सुगमतालाई बढ़ाउनेछ र अधिक निवेशकहरूलाई आकर्षित गर्नेछ। गत एक वर्षमा जीएसटी र आयकरमा छूटको कारण देशवासीहरूलाई लगभग 2.5 लाख करोड़ रूपियाँको बचत भयो। यसबाट बजारमा उपभोक्ता विश्वास र मागमा वृद्धि भएको छ।
देशमा सर्वप्रथम जीएसटीको चार स्ल्याब- 5 प्रतिशत, 12 प्रतिशत, 18 प्रतिशत र 28 प्रतिशत लागू थियो। केही महंगा चीजहरूमा छुट्टै सेस लाग्थ्यो। सरकारले 12 प्रतिशतको 99 प्रतिशत समानलाई 5 प्रतिशतमा र 28 प्रतिशतको 90 प्रतिशत आइटमलाई 18 प्रतिशतमा शिफ्ट गरेको छ। यसबाट आम जनलाई हरेक महिना केही राहत हुनेछ। आज साबुन, पाउडर, कफी, डायपर, बिस्किट, घिउँ र तेल जस्ता दैनिक आवश्यकताका समानहरू सस्तो भएको छ। पनीर, मक्खन, नमकीन, जाम, केच-अप, सूखा मेवा, कफी र आइसक्रीम जस्ता चीजहरूमा अब ट्याक्स कम लाग्नेछ। पहिले यी वस्तुहरूमा 12 प्रतिशत वा 18 प्रतिशत जीएसटी लाग्थ्यो, अब यसलाई पाँच प्रतिशतको स्ल्याबमा राखिएको छ। ग्लूकोमीटर, डायग्नोस्टिक किट्स र अधिकतर दवाईहरूमा जीएसटी केवल पाँच प्रतिशत भएको छ। पहिलो यी 12 वा 18 प्रतिशतको स्ल्याबमा थिए।
सीमेन्टमा जीएसटी दर अब 28 प्रतिशतदेखि घटेर 18 प्रतिशत गरिएको छ। टीवी, एसी, फ्रिज, वशिंग मशीन जस्ता चीजहरूमा पनि ट्याक्स कम भएको छ। पहिले यिनीहरूमाथि 28 प्रतिशत जीएसटी थियो। अब यी 18 प्रतिशतको स्ल्याबमा छन्। साना कारहरूमा अब 18 प्रतिशत र ठूला गाड़ीहरूमा 28 प्रतिशत जीएसटी लाग्नेछ। पहिले एसयूवी र एमपीवी जस्ता गाड़ीहरूमा 28 प्रतिशत ट्याक्सको साथ 22 प्रतिशत सेस पनि लाग्थ्यो। जीएसटी कटौतीपछि अब कूल ट्याक्स घटेर लगभग 40 प्रतिशत भएको छ। सैलून, फिटनेस क्लब, हेल्थ स्पा जस्ता सेवाहरूमा जीएसटी 18 देखि घटाएर 5 प्रतिशत गरिएको छ। हेयर ओयल, साबुन, शेम्पू, टूथब्रश, टूथपेस्ट, टैल्कम पाउडर, शेविंग क्रीम, आफ्टरशेव लोशन जस्ता चीजहरूमा अक बेवल 5 प्रतिशत जीएसटी लाग्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी