कर्नाकटकमा जाति जनगणना शुरू
जाति


बेङ्गलुरू, 22 सेप्टेम्बर (हि.स.)। राज्यमा सामाजिक र शैक्षणिक सर्वेक्षण (जाति जनगणना) आजदेखि शुरू भयो। धेरै समुदायहरूको असन्तोष, आपत्ति र चिन्ताहरूबीच राज्यको पछौटे वर्ग आयोगले 7 करोड़ मानिसको घर-घर गएर सबै जानकारी एकत्र गर्नेछ।

जाति जनगणनाको निम्ति 1.75 लाख शिक्षकहरूलाई तैनात गरिएको छ र उनीहरूलाई अग्रिम तयारीहरूको साथ प्रशिक्षित गरिएको छ। गणनाकारले 60 प्रश्नको माध्यमले सबै जानकारी दर्ता गर्नेछन्। ईसाई उपजातिहरूको नाम दर्ता गर्ने मामिलामा आयोगले विभिन्न राजनीतिक र प्रशासनिक जटिलताहरूको कारण 33 ईसाई उपजातिलाई सूचीबाट हटाएको छ।

यद्यपि, यदि मानिसहरूले चाहे आफ्नो धर्म र जाति विवरण आफै दर्ता गर्नसक्छन्। बेङ्गलुरू शहरमा तयारी र प्रशिक्षणमा ढिलाईको कारण सर्वेक्षण 2-3 दिन ढिलो शुरू हुनेछ। यसबीच उच्च न्यायालयले आज जाति जनगणनालाई चुनौती दिने जनहित याचिकाहरूमा सुनवाई गर्नेछ। अखिल कर्नाटक ब्राह्मण महासभाको जनहित याचिका पीठ समक्ष सूचीबद्ध छ र अन्य याचिकाहरूमाथि पनि विचार गरिने सम्भावना छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande