नड्डाले आज दिल्लीको अमर कोलोनी बजारमा जीएसटी बचत उत्सवमाथि छलफल गर्ने
नड्डा


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डाले आज दिल्लीमा साउथ एक्सटेन्शनको प्रमुख क्षेत्र अमर कोलोनी बजारमा जीएसटी (वस्तुन एवं सेवा कर) बचत उत्सवमाथि छलफल गर्नेछन्। यो जानकारी भाजपाले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा साझा गरेको छ।

भाजपा एक्स ह्याण्डल पोस्ट अनुसार, नड्डा अपराह्न 3.30 बजी अमर कोलोनी बजार पुग्नेछन्। उनले स्थानीय दोकानेहरूसित जीएसटी बचत उत्सवमाथि छलफल गर्नेछन्। उल्लेख्य, जीएसटीका नयाँ दरहरू आजदेखि देशभरिमा प्रभावी भएको छ। यसबाट समाजको हरेक वर्गलाई कुनै न कुनै स्तरमा फायदा भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो देशको नाम आफ्नो सम्बोधनमा नागरिकहरूसित जीएसटी बचत उत्सवमा अघि आएर हिस्सा लिने आह्वान गरिसकेका छन्।

उल्लेख्य, आजदेखि लागू जीएसटीका नयाँ दरहरूमा अब 5 र 18 प्रतिशतका दुई श्रेणी छन्। लग्जरी र विलासितापूर्ण वस्तुहरूमा छुट्टै 40 प्रतिशत कर लाग्नेछ। सिगरेट, तम्बाकू र अन्य सम्बन्धित वस्तुहरूलाई छोड़ेर नयाँ कर दरहरू आजदेखि प्रभावी भयो। यसबाट हरेक आयु वर्ग र हरेक समुदायका मानिसहरूले ठूलो राहत पाएका छन्। भान्सामा प्रयोग गरिने समानदेखि लिएर इलेक्ट्रोनिक्स, दवाईहरू र उपकरणहरू र वाहनहरू समेत लगभग 400 वस्तुहरू सस्तो भएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande