मीरजापुर, 23 सेप्टेम्बर (हि.स.)। सोशल मीडियामा मित्रता गर्नु कहिले कांही महंगो हुनसक्छ। उत्तर प्रदेशको मीरजापुर चुनार थाना क्षेत्रको सहसपुर गाउँ निवासी एक रिटायर्ड प्रवक्तालाई फेसबुक फेन्डशिप यति महंगो पऱ्यो कि डेढ़ करोड़ रूपियाँ गुमाउनु पऱ्यो। पीड़ित शिक्षकले सोमवार साइबर थानामा मामिला दर्ता गराएका छन्।
जानकारी अनुसार, रिटायर शिक्षक राजनाथ सिंहले अनलाइन बिजेनसको अवसर खोजिरहेका थिए। यस अवधि उनको फेसबुकमा एक महिलासित कुराकानी शुरू भयो, जसले आफूलाई ब्रिटिश व्यापारी बताइन्। महिलाले रियल स्टेटमा निवेशको प्रस्ताव राखेर उनको विश्वास जितिन्।
04 अक्टोबर 2024 मा महिलाले मेसेज गरी दाबी गरिन् कि उ भारत आइसेकी छे तर मुम्बई एयरपोर्टमा कस्टम अधिकारीहरूले उसलाई रोकेका छन्। पाँच लाख पाउण्डको डिमान्ड ड्राफ्टमा तकनीकी समस्या बताएर कन्वर्जन शुल्कको नाममा रूपियाँ मागिन्। राजनाथनले पनि अलग-अलग खाताहरूमा कूल डेढ़ करोड़ रूपियाँ पठाए।
यति मात्र होइन 29 अगस्त 2025 मा महिलाले पुनः मेल पठाएऱ 2.70 लाखको माग गरिन्। तब राजनाथलाई शंका भयो र उनले अधिवस्तासित सम्पर्क गरे, तब यो एक साइबर फ्रड भनी खुलासा भयो। घटनाको शिकायत पाएपछि पुलिसले सोमवार अबेर साँझ मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी