उत्तर 24 परगना, 23 सेप्टेम्बर (हि.स.)। ब्यारकपुर पुलिस कमिश्नरेट अन्तर्गत शिवदासपुर थानाको पुलिसले गए सोमवार राति अवैध पटाकाको भण्डारण विरूद्ध देवक क्षेत्रका दुई वटा स्थानमा छापा माऱ्यो। ब्यारकपुर पुलिस कमिश्नरेटले मंगलवार जारी बयानमा बतायो, पहिलो कारबाहीमा पुलिसले इबादत पयादा नामक व्यक्तिको घरबाट 120 किलोग्राम प्रतिबन्धित पटाका जफत गऱ्यो साथै उसलाई पक्राउ पनि गऱ्यो।
दोस्रो छापामारी देवकको मजदुरपाड़ा क्षेत्रमा गरियो जहाँ अब्दुल शराकको किराना पसलबाट 86 किलोग्राम प्रतिबन्धित पटाका जफत गरियो। दुवै छापामारीमा मोट 206 किलोग्राम अवैध पटाका जफत गरिएको छ। यस सम्बन्धमा पुलिसले सम्बन्धित धाराहरू अन्तर्गत दुई वटा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा