श्रीभूमि जिल्लामा 37 जना बंगलादेशीहरू समातिए
श्रीभूमि जिल्लामा 37 जना बंगलादेशीहरू समातिए


श्रीभूमि (असम) ,23 सेप्टेम्बर (हि.स. )। श्रीभूमि जिल्ला पुलिसद्वारा अवैध ढंगमा भारतमा प्रवेश गरेका 37 जना बंगलादेशीहरूलाई पक्राउ गरिएको छ। यस आशयको जानकारी राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियाको माध्यमबाट दिएका हुन्।

मुख्यन्त्रीद्वारा मंगलवार दिइएको जानकारी अनुसार श्रीभूमि पुलिसद्वारा 37 जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरिएको छ जसमा महिला, बाल-बालिका र पुरूषहरू सामेल छन्। पक्रा पर्ने सबै बंगलादेशी नागरिकहरू अवैध रूपमा भारतमा प्रवेश गरी देशका विभिन्न भागमा जाने दाउमा थिए।

पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सबै बंगलादेशी नागरिकहरूलाई बंगलादेश बोर्डर सिक्योरिटी फोर्सलाई सुम्पिइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande