नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिवसमा आयोजित सेवा पखवाड़ा अन्तर्गत मंगलवार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आईएसबीटी कश्मिरी गेटदेखि यूपीको बड़ौतसम्म अन्तर्राज्यीय बस सेवाको शुभारम्भ गरिन्। साथै आधुनिक पीओएस मशिन तथा चलो एपको पनि लोकार्पण गरिन्। रेखा गुप्तासित दिल्लीका स्वास्थ्य मन्त्री डा. पंकज कुमार सिंह पनि उपस्थित थिए।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले स्वचालित भाड़ा संग्रह (एएफसी) प्रणालीर चलोएपको लञ्चको अवसरमा भनिन्, यो पहल दिल्लीको अन्तर्राज्यीय बस अड्डा(आईएसबीटी)-हरूलाई अधिक आधुनिक तथा पारदर्शी बनाउने दिशामा एक महत्वपूर्ण कदम हो। उनले भनिन्, सबै आईएसबीटीको विस्तार अनि परिवर्तन गर्न चाहन्छौं, सबैलाई भव्य बनाउन चाहन्छौं।
गुप्ताले भनिन्,स्वचालित भाड़ा संग्रह प्रणालीको माध्यमबाट परिवहन टिकट प्रणालीमा पारदर्शिता आउनेछ। पुरानो व्यवस्थामा राजस्व अनि टिकटहरूको संख्यामा ठूलो अन्तर रहन्थ्यो जुन अब मशिनहरूको माध्यमबाट समाप्त हुनेछ।
रेखा गुप्ताले भनिन्,प्रदूषण घटाउने उद्देश्यले निजी स्कूलहरूमा इलेक्ट्रिक बसहरूको पनि शुरूआत गरिँदैछ। वर्षौंदेखि बन्द अन्तर्राज्यीय बस सेवालाई दिल्ली सरकारले पुनः शुरू गरेको छ।दिल्लीदेखि बड़ौतबीच नयाँ एसी बस सेवा सस्तो, सुलभ, विश्वसनीय तथा सर्वसमावेशी सार्वजनिक परिवहन व्यवस्थाको हाम्रो संकल्पको प्रतीक हो।
पंकज कुमार सिंहले भने, मुख्यमन्त्रीको मार्ग दर्शनमा दिल्ली परिवहन निगम (डीटीसी)-ले शुरूमा तीन वटा बसहरूलाई समावेश गरी यी सेवाहरूलाई पुनः शुरू गरेको छ। चलो एपको उदेश्य दिल्लीका जनतालाई उत्कृष्ट सुविधा प्रदान गर्नु हो जसमा स्वचालित भाड़ा संग्रह गर्ने सुविधा सामेल छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा