मुख्यमन्त्री सरमाले स्मरण गरे, जुबिन गर्गको दत्तक पुत्र अरूणसँगको बन्धनलाई
मुख्यमन्त्री सरमाले स्मरण गरे, जुबिन गर्गको दत्तक पुत्र अरूणसँगको बन्धनलाई


गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिवंगत गायक जुबिन गर्गलाई भावपूर्म श्रद्धाञ्जली अर्पण गर्दै उनको करूणामय स्वभाव र सबै वर्गसित गहिरो सम्बन्धलाई स्मरण गरे।

मुख्यमन्त्रीले बताए, जुबिन गर्गको अन्तिम संस्कारमा दागबत्ती दिनेहरूमा एकजना युवक अरूण गर्ग पनि सामेल थिए। अरूणको जन्म एक अदिवासी चिया बगान परिवारमा अरूण ससोनीको रूपमा भएको थियो। जुबिनले उसलाई गुवाहाटीमा ल्याएर आफ्नो परिवारको सदस्य बनाए अनि आफ्नो उपनाम गर्ग-द्वारा सम्मानित गरे।

मुख्यमन्त्रीले भने, “जुबिन एकजना साँचो कलाकार थिए जसले धरती र मानिसहरूको कुरा गर्दथे। अरूणलाई आफ्नो परिवारमा अप्नाउनु अनि आफ्नो नाम दिनुले उनको हृदयको निर्मलतालाई दर्शाउँछ।”

मुख्यमन्त्रीले भने, अन्तिम संस्कारमा अरूणद्वारा दागबत्ती दिइनुले जुबिनको प्रेम अनि मानवतारूपी धरोहरको मार्मिकतालाई स्मरण गराउँछ। उनले भने, “यस्तै कार्यहरूको लागि जुबिन सदा आदरणीय भएर बाँच्नेछन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande