सिलगढ़ी कलेजको 75औं स्थापना दिवसमा निकालियो रंगारंग शोभायात्रा
सिलगढ़ी कलेजको 75औं स्थापना दिवसमा निकालियो रंगारंग शोभायात्रा


सिलगढ़ी, 23 सेप्टेम्बर(हि.स)। सिलगढ़ी कलेजको 75औं वर्षगाँठको उपलक्ष्यमा मंगलवार शहरमा एक रंगारंग शोभायात्रा निकालियो। यो शोभायात्रा कलेज परिसरबाट शुरू भएर शहरको मुख्य मार्ग हुँदै कलेज मैदानमा पुगेर समाप्त भयो।

शोभायात्रामा विभिन्न सांस्कृतिक औ सामाजिक झाँकीहरू सामेल थिए। कलेजको वर्तमान छात्र, शिक्षक, पूर्व छात्र औ पूर्व शिक्षकहरू पनि शोभायात्रामा सामेल भए। पद्मश्री नागेन्द्रनाथ राय, सिलगढ़ी नगरनिगमका मेयर गौतम देव लगायत अन्य गण्यमान्य व्यक्तिहरू पनि यस अवसरमा विशेष अतिथिका रूपमा उपस्थित थिए। आज दिनभरि नै सिलगढ़ी कलेजमा विविध कार्यक्रमहरू सम्पन्न हुने बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande