पाण्डु 3 नम्बर कलोनीको दुर्गा पूजा सुवर्ण जयन्तीमा
पाण्डु 3 नम्बर कलोनीको दुर्गा पूजा सुवर्ण जयन्तीमा


गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। शारदीय दुर्गा पूजा आउन केही दिन मात्र बाँकी रहेको छ। यसबीच गुवाहाटीको प्रत्येक पूजा पण्डालहरूमा द्रूत गतिमा काम भइरहेको छ। गुवाहाटीको पाण्डु-3 नम्बर फरिघाट कलोनीको दुर्गोत्सवले यस वर्ष “स्वर्ण जयन्ती वर्ष” (50औं वर्ष)- मा प्रवेश गरिरहेको छ। यसपालिको मुख्य थीम रहेको छ- “प्रति माँ-र माझे प्रतिमा बिराजे” अर्थात हरेक आमामा प्रतिमा विराजमान हुन्छ।

पूजा समितिको कोषाध्यक्षले बताए, यस दुर्गा पूजाको शुभारम्भ असमका पहिलो मुख्यमन्त्री स्वर्गीय शरत चन्द्र सिंहले गरेका थिए। यस स्मृतिलाई लिएर आज पनि समितिले गर्व महसूस गर्दछ। हरेक वर्ष झैं यसपालि पनि पञ्चमीको दिन गरीब आमाहरूलाई पूजाको साड़ी प्रदान गरी मातृ वन्दना गरी पूजा आरम्भ गरिन्छ।

यस वर्षको थीमलाई साकार बनाउने कार्य गुवाहाटी गभर्मेन्ट आर्ट एण्ड क्राफ्ट कलेजका पूर्व छात्र सुमन साहाले गर्नेछन्। पूजाको संरक्षकको रूपमा कल्लोल चक्रवर्ती, मुख्य सल्लाहकारको रूपमा खगेन चन्द्र कलिता, अध्यक्ष पदमा डा. एन डेका र कार्यकारी अध्यक्षको रूपमा पवन देव समितिमा सामेल छ। सचिवको कार्य दुलु दास, सौरभ पाल र राहुल देले गर्नेछन् भने कोषाध्यक्षको रूपमा सुब्रत धर र मेमो दासले जिम्मेवारी निर्वाह गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande