कोलकाता, 23 सेप्टेम्बर (हि. स.)। लगातार भारी वर्षा अनि प्रतिकूल मौसमलाई मध्यनजर गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका सबै सरकारी स्कूलहरूमा मंगलवारदेखि नै दुर्गा पूजाको छुट्टी घोषणा गरेकी छन्।
एक समाचार माध्यमबाट टेलिफोनिक बातचितमा मुख्यमन्त्रीले भनिन्, मैले शिक्षा विभागलाई निर्देश दिएकी छु कि आजदेखि नै सबै स्कूलहरूमा छुट्टी घोषणा गरिएको छ। अन्य स्कूल जुन केन्द्र सरकारको अधिनमा छ,-हरूले हाम्रो कुरा सुन्दैनन्। तथापि मैले उनीहरूसित अनुरोध गरेकी छु, न्यूनतम पनि दुई दिनको छुट्टी दिएर अधिसूचना जारी गरियोस्। कलेज तथा विश्वविद्यालयहरूमा कक्षा लिन आवश्यक छ भने अनलाइन आयोजना गरियोस् जसरी कोभिड कालमा भएको थियो।”
यस वर्ष दुर्गा पूजाको शुरुआत आइवार (षष्ठी)-देखि भइरहेको छ। सामान्यत: राज्यका सरकारी स्कूलहरूमा छुट्टी चतुर्थीदेखि आरम्भ हुन्छ। तर सोमवार रातीदेखि लगातार परिरहेको पानीले जनजीवनलाई अस्तव्यस्त बनाइदिएको छ। यस्तो स्थितिमा कसैको लागि पनि घरदेखि बाहिर निक्लिनु सुरक्षित छैन। त्यसैले मुख्यमन्त्रीले यसपालि द्वितीयदेखि नै स्कूलमा छुट्टी घोषणा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा