बंगाईगाउँ (असम), 23 सेप्टेम्बर (हि.स.)। नगर राजभाषा कार्यान्वयन समिति, बंगाईगाउँको तत्वावधानमा बंगाईगाउँ रिफाइनरीमा हिन्दी संस्थान प्रकाशन, जयपुरको सहयोगमा हिन्दी पखवाड़ा-2025 अन्तर्गत आज महत्वपूर्ण कार्यक्रमको आयोजन गरियो। यस कार्यक्रममा प्रशासनिक भवनको बी-ब्लकमा हिन्दी पुस्तक प्रदर्शनीको अनावरण गरियो। यस प्रदर्शनीको उद्घाटन कार्यकारी निर्देशक एवं रिफाइनरीका अध्यक्ष, नराकास, बंगाईगाउँ नयन कुमार बरुवाले गरे।
यो प्रदर्शनी बंगाईगाउँ रिफाइनरीका कर्मचारी तथा उनीहरूका परिवारहरूबीच हिन्दी भाषाप्रति रूचि तथा जागरूकतालाई बढ़ाउने उदेश्यले आयोजना गरिएको हो। प्रदर्शनीमा विभिन्न हिन्दी पुस्तकहरूको संग्रह प्रदर्शित गरियो जसमा साहित्य, प्रबन्धन, विज्ञान, तकनीक एवं प्रेरणादायी साहित्यसित सम्बन्धित पुस्तकहरू सामेल छन्।
यस अवसरमा बरुवाले भने, हिन्दी भाषा हाम्रो देशको सांस्कृतिक धरोहर हो र हामीले यसको सम्वर्द्धन एवं प्रचार-प्रसारको लागि निरन्तर प्रयास गर्नुपर्छ। उनले कर्मचारीहरूसित आह्वान गरे, उनीहरूले हिन्दीको प्रयोगलाई प्रेरित गरून् र यसलाई आफ्नो कार्य तथा दैनिक जीवनमा अप्नाउन्। बरूवाले नगर राजभाषा कार्यान्वयन समिति, बंगाईगाउँद्वारा हिन्दीलाई प्रोत्साहित गर्नका लागि गरिएका प्रयासहरूको सराहना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा