स्वच्छता अभियान मात्र होइन, हाम्रो जीवनशैलीको अंग पनि हुनुपर्छः मेयर
स्वच्छता अभियान मात्र होइन, हाम्रो जीवनशैलीको अंग पनि हुनुपर्छः मेयर


नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। स्वच्छ भारत मिशन अन्तर्गत दिल्ली नगरनिगम (एमसीडी)- ले मंगलवार आवासन औ शहरी कार्य मन्त्रालयको सहयोगमा दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा स्वच्छता ही सेवा अभियान अन्तर्गत व्यापक स्वच्छता कार्यक्रम आयोजना गरियो। यस अवसरमा दिल्लीका मेयर राजा इकबाल सिंह, निगमका वरिष्छ अधिकारीहरू तथा स्वच्छता सैनिकहरूले मिलेर परिसरलाई स्वच्छ बनाउने कार्य गरे। यस पहको उदेश्य दिल्लीवासीहरूमा स्वच्छताप्रति जागरूकता बढ़ाउनु अनि स्वच्छ एवं हरित दिल्लीको संकल्पलाई मजबुत बनाउनु हो।

मेयर राजा इकबाल सिंहले भने, स्वच्छता अभियान मात्र होइन, हाम्रो जीवनशैलीको अंग हो। यो कार्यक्रम दिल्लीलाई स्वच्छ अनि सुन्दर बनाउने दिशामा एक महत्वपूर्ण कदम हो। उनले दिल्लीवासीहरूसित यस अभियानमा सक्रिय रूपमा भाग लिने अपील गरे।

मेयरले भने, यस अभियानले स्वच्छताप्रति जागरूकता मात्र नफैलाएर सामुदायिक सहभागितालाई पनि प्रोत्साहित गर्नु हो।प्रधानमन्त्री मोदीको प्रेरणाबाट शुरू भएको यो प्रयासले समाजमा सेवा एवं स्वच्छताप्रति जागरूकतालाई बढ़ाउनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande