नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)- को प्यारा-मेडिकल प्रोग्राम कोड 124 मा प्रवेशको लागि सीयूईटी स्कोरको आधारमा विशेष अफलाइन काउन्सिलिंगको आयोजन बुधवार 24 सेप्टेम्बरमा द्वारका क्याम्पसमा गरिनेछ।
विश्वविद्यालयको वेबसाइटमा काउन्सिलिंगको सम्पूर्ण सेड्यूल तथा सीयूईटी स्कोरको आधारमा तयार मेरिट लिस्ट उपलब्ध छ। मेरिट अनुसार दस्तावेज सत्यापन पश्चात सीटहरूको आवन्टन हुने।
उम्मेद्वारहरूले काउन्सिलिंगको दिन 60 हजार रुपियाँको ब्यांक ड्राफ्ट विश्वविद्यालयका कुलसचिवको नाम अनि आवश्यक दस्तावेजहरूको साथमा ल्याउनुपर्छ। पहिला कुनै काउन्सलिंगमा प्रवेश नपाएका उम्मेद्वारहरूले मात्र यसमा भाग लिन सक्छ। पहिला जमा गरिएको अकादमिक फिस यस चरणमा समायोजित हुनेछैन। साथै म्यानेजमेन्ट कोटाबाट प्रवेश पाइसकेका केही छात्रहरू यस काउन्सिलिंगमा सामेल हुन सक्ने छैनन्। विस्तृत जानकारीको लागि विश्वविद्यालयका दुवै वेबसाइटमा हेर्ने आग्रह गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा