कुचबिहार, 23 सेप्टेम्बर (हि.स)। एमजेएन मेडिकल कलेज एवं अस्पतालमा हिरासतमा राखिएको मानसिक रूपले बिमार एकजना आरोपीले आत्महत्या गर्ने प्रयास गऱ्यो। यस घटनाले अस्पतालमा कोकोहोलो मचायो। वास्तवमा हैदराबाद निवासी नवीन कल्लू (32)-लाई गत आइतवार अवेर राति रेलगुमटी क्षेत्रमा घुम्दै गरेको देखिएको थियो। यस अवधि उसको केही मानिसहरूसित विवाद भयो। त्यसपछि पुलिसले उसलाई हिरासतमा लियो। गए सोमवार अबेर साँझ उसलाई नियमानुसार स्वास्थ्य जाँचको लागि अस्पतालमा लगिएको थियो। यस अवधि आरोपी शौचालय गए अनि शौचालयलाई भित्रबाट बन्द गरेर फलामको रडले आत्महत्या गर्ने प्रयास ग ऱ्यो। पछि पुलिस अनि दमकल कर्मीहरूले लगभग डेढ़ घण्टा कड़ा परिश्रम गरेर आरोपीलाई शौचालयदेखि बाहिर निकालेर अस्प्तालमा भर्ती गराए।
अतिरिक्त पुलिस अधीक्षक (सदर) कृष्णगोपाल मीनाले बताए, हिरासतमा लिइएको आरोपीले अस्पतालमा आत्महत्या गर्ने प्रयास गरेको थियो। यस्तो मानिँदैछ, उ मानसिक रूपले बिमार छ। हामी डाक्टरहरूसित सल्लाह लिरहेका छौं। आवश्कता परे उसलाई मानसिक अस्पतालमा पठाइनेछ। आरोपीको परिवारलाई सूचित गरिएको छ। एमजेएन मेडिकलकाक एमएसवीपी सौरदीप रायले भने, यस घटनाले अन्य रोगीहरूलाई प्रभावित नपारोस् भन्ने उदेश्यले हाम्रा कर्मचारीहरूसित पुलिसलाई पनि तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा