नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। पश्चिमी जिल्लाको ख्याला थाना क्षेत्रको जे.जे. कलोनी क्षेत्रमा मंगलवार बिहान एकजना आरोपीले घरभित्र पसेर तीनजना मानिसहरूलाई चक्कुले प्रहार गऱ्यो। घटनामा एकजना महिलाको मृत्यु भयो भने गम्भीर रूपमा घाइते दुईजनाको अस्पतालमा उपचार भइरहेको छ।
पुलिस अनुसार घटना बिहान लगभग 08:05 बजे भएको हो। जाँचमा मृतकाको पहिचान नुसरत (39)-को रूपमा भएको छ। घाइतेहरू क्रमैले अकबरी (42) र सानिया (20)-को उपचार भइरहेको छ। यस मामिलामा उस्मान (19)-ले मामिलाको सूचना पुलिसलाई दियो। पुलिस घटनास्थलमा पुग्दा नुसरतको शव घरको दोस्रो तलामा लड़िरहेको थियो। यता घटनालाई परिणाम दिने आरोपी इस्तेखार अहमद उपनाम बब्बू (49)-लाई परिवारले घटनास्थलबाटै समात्यो। हाल पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा