रातभरि परेको मुसलधारे पानीले डुब्यो कोलकाता, विमान एवं सड़क यातायात प्रभावित
रातभरि परेको मुसलधारे पानीले डुब्यो कोलकाता, विमान एवं सड़क यातायात प्रभावित


कोलकाता, 23 सेप्टेम्बर (हि.स.) । पश्चिम बंगालको राजधानी कोलकाता गए सोमवार रातिदेखि नै लगातार परिरहेको पानीले जलमग्न भएको छ। शहरका मुख्य सड़कहरूदेखि लिएर गल्लीहरूसम्म वर्षाको पानी भरिएको छ जसको सोझो प्रभाव बस, अटो एवं ट्याक्सी सेवाहरूमाथि परिरहेको छ। कतिपय स्थानमा सार्वजनिक परिवहन पनि ठप्प भएको छ भने यसबाट हवाई यातायात अछुतो रहन सकेन।

वर्षाको प्रभाव कोलकाता हवाईअड्डामा पनि देखियो। पायलत तथा ककपिट क्रूहरू अबेरे गरी पुगेकोले उड़ानहरूमा ढिल्याई भयो। इण्डिगोको पटना तथा भुवनेश्वर जाने उड़ानहरूलाई रद्द गर्नुपऱ्यो। गए सोमवार अबेर राती पुणेबाट आएको इण्डिगोको एउटा फ्लाइटलाई खराब मौसमको कारणले कोलकातामा ल्याण्डिंग गर्ने अनुमति प्राप्त भएन र यसलाई भुवनेश्वरमा डायभर्ट गर्नु पऱ्यो। तथापि अहिलेसम्ममा थप अर्को उड़ान रद्द भएको सूचना प्राप्त भएको छैन।

मंगलवार बिहान हवाईअड्डाको केही पार्किंग-बे र ह्यांगर सामु पानी भरिएको थियो जसलाई चार वटा पम्पहरूको सहयोगले निकालियो। यता हल्दीराम नजिक भीआईपी रोडमा पानी भरिएकोले वाहनलाई आवागमन गर्न धेरै कठिनाई भयो।

100 मिमीभन्दा दुई गुणा वर्षा, पुरानो रेकर्ड तोड़ियो-

मौसम विभाग अनुसार कोलकातामा सामान्य रूपमा 100 मिलीमीटर वर्षा हुँदै भरिन थाल्छ। तर गए सोमवार राती यो आँकड़ा दुई गुणा भयो। गड़िया क्षेत्रमा बिहान 5 बजेसम्ममा 332 मिलीमीटर वर्षा दर्ता गरियो। जोधपुर पार्कमा 258 मिलीमीटर र ठनठनियामा 195 मिलीमीटर वर्षा भयो। शहरका अधिकांश भागहरूमा 200 मिलीमीटरभन्दा अधिक वर्षा दर्ता गरिएको छ।

मंगलवार बिहान 10:30 बजीदेखि उता शहरमा पुनः वर्षाको सिलसिला शुरू भएको छ। यसबीच ज्वार आएको कारणले लकगेटलाई बन्द राख्नु पऱ्यो। विशेषज्ञहरूको भनाइ छ, वर्षाको सिलसिलामा यस्तै जारी रह्यो भने पानी निकासीको स्थिति अझ बिग्रिनसक्छ। दुर्गा पूजाबीच यस्तो वर्षाले सबैको चिन्ता बढ़ाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande