पूर्व मेदिनीपुर, 23 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको हेडियाँ थाना अन्तर्गत कृष्णानगर क्षेत्रमा गए सोमवार राती भएको एक सड़क दुर्घटनामा दुईजना युवकहरूको मृत्यु भयो। यो दुर्घटना राती सात बजे त्यसबेला भएको हो जतिबेला नन्दकुमारदेखि कांथी तर्फ गइरहेको एक द्रूत गतिको लरीले बाइकलाई ठक्कर दियो।
प्रत्यक्षदर्शीहरू अनुसार वर्षाको कारणले सड़क चिप्लिने भएको थियो। यसबीच लरीको चक्का चिप्लिएर वाहन अनियन्त्रित भयो अनि बाइकमाथि चढ़्न पुग्यो। दुर्घटनामा दुवै बाइक सवार युवकहरूको घटनास्थलमै मृत्यु भयो।
घटना पश्चात स्थानीय मानिसहरूमा खैलाबैला मचियो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई निकाल्नको लागि क्रेनलाई बोलायो। दुर्घटनाको कारणले केही समयसम्म सड़क यातायात बाधित भयो जसलाई पछि पुलिसले नियन्त्रण गरेर वाहनहरूको आवागमन बहाल गऱ्यो।
अचानक भएको यस घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध तुल्याएको छ। पुलिसले बतायो, मृतकहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा