कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। महानगरको लाइफ लाइन कहलाइने मेट्रो रेल सेवा फेरि एकपकट वर्षाको कारण प्रभावित भएको छ। गए सोमवार अबेर राति भएको घना वर्षापछि मंगलवार बिहान महानायक उत्तम कुमार र रवीन्द्र सरोवर स्टेशनबीच सुरूंगमा पानी भरियो। ट्र्याक पानीमा पूर्ण रूपले डुबेको कारण यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै शहीद खुदीरामदेखि मैदान स्टेशनसम्म मेट्रो सेवालाई रोक्नुपऱ्यो।
मेट्रो रेलवेका प्रवक्ताले जानकारी गराए, अहिलेघरि मैदानसम्म मात्र मेट्रो चलिरहेको छ। त्यसैले यात्रीहरूले दक्षिणेश्वरदेखि मैदानसम्म मात्र यात्रा गर्न सक्नेछन्। पानी जमिएको भागबाट पम्प गरेर पानी निकालिँदैछ। अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थितिमाथि लगातार निगरानी राखिँदैछ।
प्रवक्ताले बताए, पानी पूर्ण रूपले निकालिसकेपछि सेवा सामान्य हुनेछ। उनले भने, यात्रीहरूको सुविधा तथा सुरक्षा सर्वोच्च प्राथमिकता हो। त्यसैले कुनै प्रकारको हतार गरिएको छैन।
स्मरण गराइन्छ, कोलकाता मेट्रोलाई शहरको धड़कन भनिन्छ भने यहाँ लाखौं मानिसहरू दिनहुँ यात्रा गर्दछन्। दुर्गा पूजाको समय भएकोले अहिलेघरि महानगरमा व्यापक भीड़ छ। सड़कहरूमा ट्राफिक जाम भएको छ। यस्तो स्थितिमा मेट्रो मुख्य सहारा हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा