जुबिन गर्गको अन्त्येष्टि अवधि पिता कपिल बरठाकुर अचानक बिमार भए, अस्पतालमा भर्ती
जुबिन गर्गको अन्त्येष्टि अवधि पिता कपिल बरठाकुर अचानक बिमार भए, अस्पतालमा भर्ती


गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। चर्चित गायक जुबिन गर्गको अन्तिम संस्कर अवधि उनका पिता कपिल बरठाकुरको अचानक स्वास्थ्य बिग्रियो। उनलाई स्ट्रेचर मार्फत एम्बुलेन्ससम्म पुऱ्याइयो। यस अवधि उनीसित असम छात्र संघका सल्लाहकार समुज्जल कुमार भट्टचार्य तथा गायक पापोन उपस्थित थिए।

सूत्र अनुसार बरठाकुर विगत केही दिनदेखिको अस्वस्थ थिए। उनको नाजुक अवस्थालाई मध्यनजर गर्दै उनलाई उन्नत चिकित्सा सुविधाको लागि गुवाहाटीमा स्थानान्तरण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande