खरसाङ, 23 सेप्टेम्बर (हि.स.)। प्रायः दुइवर्षसम्म बन्द रहेको खरसाङको अम्बटे चियाबारी गत 21 जुलाई, 2025 देखि खोलिएपछि यस वर्ष त्यहाँका श्रमिकहरूले 2021 को बोनस उन्नाइस प्रतिशतले पाए भने एरियर पनि पाएको जानकारी प्राप्त भएको छ।
10 अगस्त, 2022 देखि बन्द भएपछि एकाएक चियाबारी अनि त्यहाँका श्रमिकहरूको अवस्था सोचनीय अनि दयनीय बनेको थियो। यसलाई लिएर बगान खोलाउनको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाले यहाँका विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका श्रमिक सङ्गठनहरूको समूह कोअर्डिनेशन कमिटीसँग बैठकहरू पनि गरेका थिए। अन्य राजनीतिक दलहरूले पनि यसमा कार्य गरे, फलस्वरूप गत 21 जुलाईदेखि बगान खोलिएको थियो। अहिले यहाँ धमाधम पत्ती टिपाइको कार्य र चियापत्ती निर्माणको कार्य पनि भइरहेको छ।
यस सन्दर्भमा आफ्नो खुशी व्यक्त गर्दै स्थानीय एक श्रमिकले बगान खोलिएकोमा उनीहरू धेरै खुशी भएको जनाइन्। उनले बगान खोलाउनको निम्ति सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। त्यसबाहेक, हाल बगान कसरी सञ्चालन भइरहेछ औ कति चियापत्ती निर्माण भइरहेछ यसबारे स्थानीय कार्यालय कर्मचारी बीपी शर्माले विस्तृत जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / हनोक