नाम्ची, 23 सेप्टेम्बर (हि.स.)। केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री भगीरथ चौधरी मंगलवार सिक्किम आइपुगे। केन्द्रिय राज्यमन्त्रीलाई मल्ली चेकपोस्टमा जोरथाङका एसडीएम योगेन स्याङ्गदेन र एएसपी बिकास तिवारीले स्वागत जनाए।
केन्द्रिय राज्यमन्त्री पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रम सिक्किम अन्तर्गत तीन दिवसीय (23-25 सेप्टेम्बर) आधिकारिक भ्रमणमा आएका हुन्। यस कार्यक्रमको उद्देश्य पूर्वोत्तर क्षेत्रमा कृषि सम्बन्ध र विकास पहलहरूलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
केन्द्रिय राज्यमन्त्री दक्षिण सिक्किमको बर्मेकमा केन्द्रिय कृषि विश्वविद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी बन्नेछन्। उनले आईसीएआर-एटीएआरआई, जोन 6 को वार्षिक जोनल कार्यशाला 2025 को उद्घाटन पनि गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल