केन्द्रिय राज्यमन्त्री भगीरथ चौधरी सोरेङ आइपुगे, बुधवार विभिन्न क्षेत्रहरूको भ्रमण गर्ने
केन्द्रिय राज्यमन्त्री भगीरथ चौधरी सोरेङ आइपुगे


सोरेङ, 23 सेप्टेम्बर (हि.स.)। तीन दिवसीय आधिकारिक सिक्किम भ्रमणमा आएका केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री भगीरथ चौधरी सोरेङ जिल्ला आइपुगेका छन्। उनको साथमा उनकी धर्मपत्नी अञ्जना चौधरी पनि आएकी छन्।

केन्द्रिय राज्यमन्त्रीलाई बैगुनेमा 2 आईआरबीएन पिपलेले गार्ड अफ् अनर दिए भने जिल्लापाल धिरज सुबेदी, एडीसी डीआर विष्ट, एएसपी परशुराम शर्मा, कृषि एवं बागवानी विभागका अधिकारीहरू आदिले स्वागत जनाए।

केन्द्रिय राज्यमन्त्री पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रम अन्तर्गत सोरेङ जिल्लाको आधिकारिक भ्रमणमा आएका हुन्, जसको उद्देश्य पूर्वोत्तर क्षेत्रमा कृषि सम्बन्ध र विकास पहलहरूको प्रवर्द्धन गर्नु रहेको छ। भोलि, बुधवार केन्द्रिय राज्यमन्त्रीले विभिन्न ठाउॅंहरूको भ्रमण गर्नुका साथै विभागीय अधिकारीहरूसॅंग अन्तरक्रिया पनि गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande