ब्राउन शुगर भेटिएको मामिलामा नेपाली नागरिकलाई सात वर्षको सश्रम कारावासको सजाय
ब्राउन शुगर भेटिएको मामिलामा नेपाली नागरिकलाई सात वर्षको सश्रम कारावासको सजाय


अररिया 23 सेप्टेम्बर(हि.स.)। अप्पर जिल्ला एवं सत्र न्यायाधीश प्रथम मनोज कुमार तिवारीको अदालतले ब्राउन शुगर भेटिएको मामिलामा नेपाली नागरिकलाई सात वर्षको सश्रम कारावास सहित एक लाख रुपियाँको जरीमानाको सजाय सुनाएको छ। जरीमाना भुक्तान गर्न नसकेको खण्डमा अभियुक्तले अतिरिक्त छः महिनाको सजाय भोग्नुपर्छ।

न्यायालयले आरोपीलाई विशेष एनडीपीएस वाद संख्या 43/2024अन्तर्गतसजाया सुनाएको हो जुन नरपतगञ्ज (बसमतिया) थानाकाण्ड संख्या 43/2024 सित सम्बन्धित छ र यसको सूचक एसएबी 56औं बटालियनका शम्भु राम सेवर रहेको छ। आरोपी उक्त केसमा18 फरवरी,2024-देखि नैजेलमा थुनिएको थियो। न्यायालयलेआरोपीलाईएनडीपीएसकोधारा 20(बी) अन्तर्गत सजाय सुनायो।

सजाय पाउने आरोपी नेपालको सुनसरी जिल्ला अन्तर्गत इटवरी निवासी 26 वर्षीय सरोज श्रेष्ठ, पिता गोवर्धन श्रेष्ठ हो। घटना 17 फरवरी,2024-को साँझमा भएको हो। जतिबेला नेपाल भारत पीलर संख्या 197/04भएरएसएसबीले गस्ती गरिरहेको थियो र एसएसबीले शंका लागेर आरोपीलाई समात्यो। जाँचमा 12.50 ग्राम खैरो रंगको पदार्थ भेटियो जुन मादक पदार्थ ब्राउन शुगर थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande