पश्चिम मेदिनीपुर, 23 सेप्टेम्बर (हि.स.) बाँकुड़ा जिल्लाको रायपुर क्षेत्रमा नहरको बाँध भत्किएर मुकुटमणिपुर ड्यामबाट पानी छोड़्नुलाई अनिश्चित कालको लागि बन्द गरिएको छ।। त्यसैले रायपुर तथा यस वरपरका पश्चिम मेदिनीपुर जिल्लामा धानको खेतीमाथि संकट गहिरिँदै गइरहेको छ। किसानहरूको भनाइ छ, केही दिनभित्रै धानको फूल फुल्नेछ, त्यसैले अहिलेघरि पर्याप्त पानीको आवश्यकता पर्छ। यदि जल सिंचनमा बाधा उत्पन्न भयो भने उत्पादन प्रभावित हुनेछ।
स्थानीय किसानहरूले बताए, धानको बढ़्दो बोटको लागि खेतमा पानी भइरहन आवश्यक छ। यस्तो अवस्थामा जलापूर्ति रोकिनु हाम्रो लागि ठूलो नोक्सानदायक हुनेछ। किसानहरूले आरोप लगाए, नहर नियन्त्रित रूपमा चल्छ, त्यसैले यसप्रकारको बाँध भत्किनु लापरवाहीको परिणाम हो। उनीहरूले सिचाई विभागमाथि निगरानी नगरेको आरोप लगाउँदै भने, समयमै हेरचाह गरेको भए यस्तो स्थिति आइ लाग्दैनथ्यो।
सिचाई विभागका एकजना अधिकारीले स्वीकारर गरे, प्रारम्भिक समस्याहरूको कारणले मरम्मत कार्यमा ढिल्याई भयो, तर अब कार्य द्रूत गतिमा गरिँदैछ। आगामी 26 सेप्टेम्बरमा मात्र पानी छोड़्न बन्द गर्ने योजना थियो, तर बाँध भत्किएकोले समय अगावै जल आपूर्तिलाई बन्द गर्नु पऱ्यो। हाल मरम्मत कहिले हुन्छ र जलप्रवाह कहिलेदेखि शुरू हुनेछ यो भन्न सम्भव छैन।
जानकारी अनुसार नहरको बाँध भत्किएको कारणले लगभग 440 हेक्टेयर जमीनमा रोपिएको धानको खेती नष्ट भएको छ। प्रभावित किसानहरूलाई ‘बंगला शस्यबीमा योजना’ अन्तर्गत ल्याउने प्रक्रिया शुरू गरिएको छ। यस सिलसिलामा श्याम सुन्दरपुरमा विशेष शिविर पनि आयोजना गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा