मङ्गन, 23 सेप्टेम्बर (हि.स.)। मङ्गन जिल्ला अस्पतालको आयुष विभागले आज जङ्गुको हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन गऱ्यो। मानिस र ग्रहको लागि आयुर्वेद विषयमाथि आयोजित कार्यक्रम राज्य आयुष विभाग, एनसीएडी टीम र हि-गेथाङ पीएचसीको संयुक्त तत्वावधानमा गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पनि सुनाइयो, जसमा मानिस र ग्रह दुवैको लागि दिगो स्वास्थ्य सुनिश्चित गर्न आयुर्वेदको भूमिकामाथि प्रकाश पारिएको थियो। कार्यक्रममा शिक्षकगण र विद्यार्थीहरूलाई आयुर्वेदको उपचार पद्धति, स्वास्थ्य एवं साफ सफाई आदि विषयहरूमा जागरूक गरियो।
कार्यक्रममा 90 भन्दा धेरै विद्यार्थीहरू र शिक्षकगणले भाग लिएका थिए भने आंगनवाडी कार्यकर्ताहरूले पोषण खानाहरू प्रदर्शित गरेका थिए। यस अवसरमा 50 जना विद्यार्थीहरूको हेमोग्लोबिन जॉंच गरिएको थियो भने चार जनामा गम्भीर रक्तअल्पता पाइयो। उनीहरूलाई आयरनको खुराक र उपचारको लागि पीएचसी रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल