जमीन विवादलाई लिएर अलिपुरद्वारमा गोली चल्यो, युवकको मृत्यु
जमीन विवादलाई लिएर अलिपुरद्वारमा गोली चल्यो, युवकको मृत्यु


अलिपुरद्वार, 23 सेप्टेम्बर (हि.स.)। जमीनको सम्बन्धमा लिएर पुरानो विवादलाई लिएर गए सोमवार साँझ अलिपुरद्वार जिल्लाको बक्सा टाइगर रिजर्भ क्षेत्रमा एकजना युवकलाई धेरैवटा गोली दागियो जसले गर्दा युवकको घटनास्थलमै मृत्यु भयो। पुलिस सूत्र अनुसार मृत युवकको पहिचान सुभाष कुजुर(40)-को रूपमा भएको छ जो कालचिनी ब्लकको डिमा क्षेत्रका निवासी थिए।

पुलिस औ स्थानीय सूत्र मुताविक सुभाष कुजुर दिल्लीमा काम गर्दथे। केही दिनअघि मात्र तिनी घर फर्केका थिए। सोमवार साँझ स्कुटी मार्फत बक्सा टाइगर रिजर्भको जंगलको बाटो भएर घर फर्किरहेको समय निमती क्षेत्रमा अपराधीहरूले उनको स्कुटीलाई रोके। आरोप छ, उनको शिरलाई लक्षित गरी गोली चलाइयो। लगातार कैयौं राउण्ड फायरिंग गरियो। घटनास्थलमै तिनी रगतपच्छे भएर ढले।

स्थानीय मानिसहरूले तुरून्त उनलाई अलिपरद्वार जिल्ला अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसलाई सूचना दिइयो। पुलिसको टीमले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।

मृतककी पत्नी आरती कुजुरले आरोप लगाइन्, “2008 सालदेखि जमीनलाई लिएर हाम्रो साझेदारसित विवाद भइरहेको थियो। मामिला अदालतमा लम्बित छ। तिनीहरूले नै गोली दागी मेरा पतिको हत्या गरेका हुन्। म न्याय चाहन्छु। मेरा पति दुई दिनअगाड़ि मात्र दिल्लीबाट घरमा आएका थिए।”

अलिपुरद्वारका पुलिस अधीक्षक वाई रघुवंशीले बताए, “यो घटना निमती क्षेत्रमा भएको हो। पुलिसले जाँच शुरू गरेको छ। हाल योभन्दा अधिक भन्न सम्भव छैन।”

मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande