कोलकाताः रातभरि मूसलधारे वर्षाबीच करेन्ट लागेर 5 को मृत्यु, जनजीवन अस्त-व्यस्त
कोलकाता


कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। कोलकाता र वरपरका क्षेत्रहरूमा रातभरि घना वर्षाबीच मंगलवार बिहान अलग-अलग क्षेत्रहरूमा करेन्ट लागेर पाँच जनाको मृत्यु भयो। सोमवार रातिदेखि लगातार पानी परेको कारण जनजीवन अस्त-व्यस्त भयो र धेरै क्षेत्रहरूका सड़कहरू जलमग्न भए। ट्र्याकमा पानी भरेको कारण रेल र मेट्रो यातायात पनि प्रभावित भएको छ।

प्राप्त जानकारी अनुसार, नेताजी नगरमा एक साइकल सवारको मृत्यु भयो। मृतक पेशाले फल विक्रेता थियो र मंगलवार बिहान जमा पानीमा साइकल चलाइरहेको थियो। अचान उसको सन्तुलन बिग्रियो र उसले सड़क किनारमा लागेको बिजुलीको खम्बालाई छुयो। उसको घटनास्थलमै मृत्यु भयो। धेरै बेरसम्म उसको शव पानीमा रह्यो र क्षेत्रमा सटसर्किटको कारण दमकलकर्मी पनि भित्र पस्न सकेनन्। स्थितिलाई मध्यनजर गरेर तुरन्तै सीईएससीलाई बिजुली काँट्ने सूचना दिइयो।

यसैगरी कालिकापुर, गड़ियाहाटको बालीगंज प्लेस र बिनियापुकुरमा पनि करेन्ट लागेर तीन जनाको मृत्यु भयो। एकबालपुर थाना क्षेत्रमा मंगलवार बिहान लगभग 5.30 बजी जितेन्द्र सिंह (60) करेन्टको चपेटमा परे। उनलाई तुरन्तै एसएसकेएम अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।

यस घटनामा केन्द्रका शिक्षा राज्य मन्त्री सुकान्त मजूमदारले गहिरा शोक व्यक्त गरेका छन्। उनले सोशल मीडियामा लेखेका छन्, कोलकाता र वरपरका क्षेत्रहरूमा करेन्ट लागेर धेरै जनाको मृत्यु हुँदा उनी अत्यन्तै दुःखी छन्। साथै उनले राज्य सरकारसित प्रभावित परिवारहरूलाई तुरन्तै मद्दत दिने अपील गरे।

यसबीच सीईएससीले पनि मानिसहरूसित पानी जमा भएका सड़कहरूमा बिजुलीका खम्बा, पिलर बक्स र तारहरूदेखि टाढ़ा रहने अपील गरेको छ। कुनैपनि आपात स्थितिमा मद्दतको निम्ति 033-3501-1912 नम्बरमा सम्पर्क गर्नु भनिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande