महाराष्ट्रका 30 जिल्लामा बाढ़ीको कहर, 7 जनाको मृत्यु र 10 घाइते
महाराष्ट्र


मुम्बई, 23 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्रमा मूसलधारे वर्षाले बाढ़ी आएको कारण गत 24 घण्टामा 8 जनाको मृत्यु भएको साथै 10 जना घाइते भएको बताएका छन्। बाढ़ीग्रस्त क्षेत्रहरूमा प्रभावित किसाहरूलाई सहयोग गर्न आज क्याबिनेटको बैठकमा 2215 करोड़ रूपियाँ स्वीकृत गरिएको छ। यो सहयोग राशि आगामी एक हप्ताभित्र 31.24 लाख प्रभावित किसानहरूको ब्याङ्क खाताहरूमा स्थानान्तरित गरिनेछ।

मुख्यमन्त्री फडणवीसले आज मन्त्रालयमा क्याबिनेटको बैठकपछि पत्रकारहरूलाई बताए, महाराष्ट्रमा मराठवाड़ा क्षेत्रको बीड़, परभणि, सम्भाजीनगर, धाराशिव, लातुर आदि जिल्लाहरूमा बाढ़ीले सबैभन्दा अधिक नोकसान पुऱ्याएको छ। बीड़ र धाराशिवमा बाढ़ीको कारण फंसेका मानिसहरूलाई हेलीकप्टरको मद्दतले रेस्क्यू गरिँदैछ। उनले नौ सेनासित अतिरिक्त हेलीकप्टरको माग गरेका छन्। उनले बाढ़ी प्रभावित जिल्लाहरूमा आवश्यकता परे थप मद्दत दिने तयारी गरेका छन्। जुन मानिसहरूलाई नोकसान भएको छ, उनीहरूलाई मद्दत दिइनेछ। साथै सबै मन्त्रीहरूलाई भोलीदेखि बाढ़ीग्रस्त क्षेत्रहरूको दौड़ाह गर्ने निर्देश दिइएको छ। जिल्लाधिकारीको स्थानीय स्तरमा मद्दत गर्न अधिकृत गरिएको छ।

मुख्यमन्त्रीले भने, यस वर्ष औसतभन्दा 102 प्रतिशत अधिक 975 मिमि वर्षा दर्ता गरिएको छ। अहिलेपनि पानी परिरहेको छ, यसबाट जलाशयको जलस्तर बढ़ेको छ। यसबाट जलाशयहरूको पानी नदीहरूमा छोड़िँदैछ। मूसलधारे वर्षा र जलाशयहरूबाट भइरहेको निकासीले बाढ़ीको स्थिति बन्न पुगेको छ तर सरकार यसबाट प्रभावित मानिसहरूको हरेक स्तरमा मदद्त गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande