एमसीडीले “पीपल एण्ड प्लानेट” थीममा 10औं राष्ट्रिय आयुर्वेद दिवसको आयोजन गऱ्यो
एमसीडीले “पीपल एण्ड प्लानेट” थीममा 10औं राष्ट्रिय आयुर्वेद दिवसको आयोजन गऱ्यो


नयाँ दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)-कोआयुष विभागलेमंगलवारसिभिक सेन्टरमा 10औं राष्ट्रिय आयुर्वेद दिवसको आयोजन गऱ्यो। यस वर्ष राष्ट्रिय आयुर्वेद दिवसको थीम रहेको छ-“पीपल एण्ड प्लानेट” जसले मनुष्य अनि प्रकृतिबीचको सामञ्जस्यलाई रेखांकित गर्दछ।

यसअवसरमा उप मेयर जयभगवान यादव, स्थायी समिति अध्यक्ष सत्या शर्मा, नेता सदन प्रवेश वाही, निगमायुक्त अश्विनी कुमार उपस्थित थिए। कार्यक्रममा प्रदर्शनी एवं विशेषज्ञहरूद्वारा व्याख्यान पनि आयोजना गरियो।

उपमेयर जयभगवान यादवले सबैलाई राष्ट्रिय आयुर्वेद दिवसको शुभकामना दिँदै भने, आयुर्वेद चिकित्सा पद्धति मात्र नभएर भारतीय संस्कृति र जीवनशैलीको अभिन्न अंग हो। आज सारा दुनियाँले प्राकृतिक तथा सुरक्षित चिकित्सा पद्धति तर्फ हेरिरहेका अवस्थामा आयुर्वेद हाम्रो सबैभन्दा ठूलो शक्तिको रूपमा उदाएको छ।

उपमेयरले भने, दिल्ली नगरनिगमको प्रयास हो आयुर्वेदको लाभ प्रत्येक नागरिकसम्म पुऱ्याउनु अनि भावी पिँढ़ी स्वस्थ र सशक्त रहोस्। उनले भने, आयुर्वेद भारतको प्राचीन धरोहर हो जुन अहिले पनि मानिसहरूको स्वास्थ्यलाई प्राकृतिक रूपमा सुरक्षित राख्ने सबैभन्दा सशक्त माध्यम हो। नगरनिगमले यस दिशामा जनजागरूकता बढ़ाउनको लागि निरन्तर कार्य गरिरहनेछ।

स्थायी समितिकी अध्यक्षा सत्या शर्माले भनिन्, निरोगी काया अत्यन्त महत्वपूर्ण छ, त्यसैले आयुर्वेदलाई जीवनमा ढाल्नुहोस्। नियमित योग, राम्रो खानपिन, राम्रो निन्द आवश्यक छ। आयुर्वेद आजको पिँढ़ीको लागि पनि उत्तिकै प्रासंगिक छ जति शताब्दिऔं पहिला थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande