गाजियाबाद, 23 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा गाजियाबाद जिल्लाको मुरादनगर थाना क्षेत्रमा विधवी महिलाले एक साहूकारमाथि पेस्तोलको बुतामा दुष्कर्म गरेको आरोप लगाएकी छे। पीड़िताको शिकायतको आधारमा पुलिसले सोमवार राति मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस आयुक्त जे रविन्द्र गौडको मीडिया प्रभारीले मंगलवार बताए, थाना मुरादनगर निवासी महिला (35) ले सोमवार राति थानामा रिपोर्ट दर्ता गराएकी छे। उसले बताइन्, केही दिन अगाड़ी उसको पतिको निधनपछि उसको आर्थिक अवस्था चलिरहेको थिएन। केही दिन अगाड़ी महिलाले आफ्नो कोलोनीमा बस्ने रिहानलाई आफ्नो गहना बन्दगी राखेर 50 हजार रूपियाँ ब्याजमा लिएकी थिइ।
महिलाको आरोप छ, रिहान 17 सेप्टेम्बरमा ब्याजको पैसा लिन घर आयो। मौका छोपेर उसले पेस्तोलको बुतामा उसको शारीरिक शोषण गऱ्यो। साथै यदि कसैलाई बताए, उसका नानीहरूको हत्या गरिदिने धम्की दियो। पीड़िताले घटनाको जानकारी परिवारका अन्य सदस्यहरूलाई दिएर सोमवार अबेर राति थाना मुरादनगरमा मामिला दर्ता गराएकी छन्। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी