मङ्पू, 23 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भइरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता अन्तर्गत जीटीए क्षेत्रका 12 वटा सर्कलहरुलाई लिएर सम्पन्न भएपछि अन्तिम प्रश्नोत्तर प्रतियोगिता मङ्पूमा सम्पन्न भएको छ। मङ्पूको रवीन्द्रनाथ स्मारक भवनमा सम्पन्न उक्त प्रतियोगिताका साथै जीटीए क्षेत्रका 13 वटा क्षेत्र अथवा सर्कलहरुलाई लिएर सर्कल स्तरीय प्रतियोगिता सम्पन्न एको छ।
जीटीए क्षेत्र अन्तर्गत गोरुबथान, कालेबुङ, दार्जिलिङ, खरसाङ, सोनादा, मिरिक, रंगली रंगलीयट, लोधोमा, पुल बिजनबारी सर्कल हुँदै मङ्पूमा अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको छ। यस अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगितामा प्रमुख अतिथिको रुपमा कार्यकारी सभासद रतन थापा, विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, प्राथमिक शिक्षा विभागको दार्जिलिङ जिल्ला अध्यक्ष तिलकचन्द्र रोका, दार्जिलिङको जनसम्पर्क अधिकारी विज्ञान मिश्र आदि उपस्थित रहेका थिए।
मङ्पूमा भएको अन्तिम प्रश्नोत्तर प्रतियोगितासितै जीटीए क्षेत्रका 13 वटै सर्कलहरुमा प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको छ भने अब फाइनल आगामी 14 नोभेम्बर बाल दिवसको दिन सुकनामा सम्पन्न हुनेछ। कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रदीप सुब्बाले मङ्पूमा आयोजित अन्तिम प्रश्नोत्तर प्रतियोगिताबाट निर्णायकहरुले चारजना नानीहरुलाई फाइनलको लागि चयन गरेको र अब नानीहरुले आफ्नो सर्कललाई प्रतिनिधित्व गर्दै सुकनामा हुने फाइनलको दिन प्रतियोगितामा भाग लिने जानकारी गराए। उनले यो प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता गत 4 सेप्टेम्बरदेखि गोरुबथानबाट शुरु भएर आज मङ्पूमा अन्तिम सर्कल स्तरीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भएको बताए।
हिन्दुस्थान समाचार / हनोक