सन्देशखालीमा पुनःअवैध जमीन कब्जाको मामिला उठ्यो
सन्देशखालीमा पुनःअवैध जमीन कब्जाको मामिला उठ्यो


कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। उत्तर 24 परगनाको सन्देशखाली क्षेत्रमा अवैध जमीन कब्जाको सिकायत फेरि सामु आउन थालेको छ। यो त्यै क्षेत्र हो जहाँ तृणमूल कंग्रेसका निलम्बित नेता शेख शाहजहाँलाई एक समयमा मुुकुट बिनाको राजा मानिन्थ्यो। यद्यपि पछिल्लो वर्ष प्रवर्तन निदेशालय र केन्द्रिय अर्धसैनिक बलहरूमाथि हमला गरेको मामिलामा हाल शाहजहाँ जेलमा थुनिएको छ। अब फेरि अवैध जमीन कब्जाका घटनाहरूको जाँच शुरू भएको छ।

शाहजहाँ र उसको गिरोहमाथि बलजफ्ती जमीन कब्जा, खेती योग्य जमीनलाई खरो पानी हालेर मत्स्य पालनको खेतमा परिमत गर्नु तथा स्थानीय महिलाहरूको शोषण जस्ता गम्भीर आरोपहरू लागेको थियो। उसलाई पक्राउ गरिएपछि केही समयसम्मको लागि अवैध कब्जाको समाचारहरू आउन छोड़ेको थियो। तर यसै महिनादेखिको केन्द्रिय जाँच ब्यूरोले ताजा सिकायतको आधारमा पुनः जाँच शुरू गरेको छ।

सूत्र मुताविक शाहजहाँका दुई निकटवर्ती क्रमैले कमल सरदार अनि प्रफुल्ल नस्करविरूद्ध सीबीआईलाई पुख्ता प्रमाण प्राप्त भएको छ। सिकायतमा भनिएको छ, सन्देशखालीको एक स्थानीय परिवार जो कथित रूपमा तृणमूल कंग्रेससित जोड़िएको छ,-ले त्यहाँ अनुपस्थित एक परिवारको जमीनमा अवैध कब्जा गरेको छ।

यो सिकायत पूर्व पुलिसकर्मी दिवंगत जादव चन्द्र सरकारका छोरा र छोरीले दर्ता गराएका छन्। दुवै अहिलेघरि बिरहाटमा बस्छन्। उनीहरूले आरोप लगाएका छन्, उनीहरूको अनुपस्थितिको फाइदा उठाएर लगभग दश बिघा अर्थात 6.25 एकड़ जमीनमाथि बलजफ्ती कब्जा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande